Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कामधेनुका अध्यक्षलाई झट्का, निष्कासित दुई सदस्यको सदस्यता कायम गर्न रजिस्ट्रार कार्यालयको निर्देशन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २२, २०८२
in टाकुरा विशेष, समाचार
0
कामधेनुका अध्यक्षलाई झट्का, निष्कासित दुई सदस्यको सदस्यता कायम गर्न रजिस्ट्रार कार्यालयको निर्देशन
126
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेश सहकारी तथा प्रशिक्षण कार्यालय इनरुवाले इटहरी उपमहानगरपालिका-१ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडलाई सेयर सदस्यताबाट हटाइएका कृष्णप्रसाद अधिकारी र मनोज दाहालको सदस्यता कायम गर्न निर्देशन दिएको छ।

प्रदेश सहकारी नियमावली २०७६ को नियम १२ (१) क, ख र ग बमोजिम अवलम्बन गर्नुपर्ने प्रक्रिया पूरा भएको प्रमाण तोकिएको समयसीमाभित्र पेस नगरिएकाले दुवै सदस्यको सदस्यता कायम गर्न निर्देशन दिएको हो।

प्रदेश सहकारी कार्यालयका रजिस्ट्रार भूपेन्द्र खनालद्वारा जारी पत्रअनुसार कामधेनु सहकारीले आवश्यक कागजात तथा प्रमाण समयमै नबुझाएकाले उक्त निर्णय गरिएको उल्लेख छ। रजिस्ट्रार खनालले गत बिहीबार सहकारीलाई औपचारिक निर्देशन पत्र पठाएका हुन्।

सहकारी ऐन तथा नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा नगरी सदस्यता खारेज गरिएको ठहर भएमा संस्थामाथि थप कानुनी कारबाही हुन सक्ने कार्यालयले संकेत गरेको छ।

कामधेनु सहकारीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले ‘भ्रामक तथा तथ्यहीन समाचार सम्प्रेषण गरेको’ आरोप लगाउँदै अधिकारी र दाहाललाई सेयर सदस्यताबाट हटाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध मंसिर २४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन दर्ता भएको थियो।

निष्कासित सदस्यहरूले अध्यक्ष यादप ढकालले मनोमानी र पूर्वाग्रही ढंगले निर्णय गरेको आरोप लगाउँदै संघीय सहकारी कानुन, ऐन र विनियमअनुसार प्रक्रिया नपुगेको दाबी गरेका थिए।

अधिकारी कामधेनु सहकारीका संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष रहिसकेका व्यक्ति हुन्। अध्यक्ष ढकालले व्यक्तिगत रिसइबी राखेर संस्था सञ्चालन गरेको, गैरकानुनी र गैरजिम्मेवार तरिकाले पूर्वाग्रह राखेर आफूहरूलाई साधारण सदस्यबाटै हटाइएकोमा उनीहरूले आपत्ति जनाएका थिए ।

आन्तरिक विवाद र आरोप-प्रत्यारोप

यसैबीच कामधेनु सहकारीसँग सम्बन्धित एक कर्मचारीको मृत्यु प्रकरणपछि संस्थाको आन्तरिक गतिविधि र व्यवस्थापन शैलीबारे समेत प्रश्न उठ्न थालेपछि दुवैजनालाई सेयर सदस्यबाट हटाइएको थियो।

कर्मचारीको मृत्यु घटनासँग जोडिएका विषयहरू सार्वजनिक भएपछि सहकारीभित्रका केही गतिविधि विवादमा तानिएको बताइन्छ।

संस्थाका कर्मचारी प्रेम मिश्रले सहकारीका सञ्चालनमा भएका अनियमितता, बलजफ्ती, दबाब, प्रभाव र मानसिक यातना र मनोवैज्ञानिक दवाब दिएको भन्दै ‘सुसाइट नोट’ लेखेर आत्महत्या गरेका थिए ।

उक्त नोट सार्वजनिक भए सहकारीको छवि प्रभावित हुने डर देखाउँदै अध्यक्ष ढकालसहितका पदाधिकारीले आन्तरिक सल्लाह गरी सेयर सदस्यबाट हटाइएको बताइएको थियो ।

गत १७ कात्तिकमा कर्मचारी मिश्रले संस्थाकै दुई जना कर्मचारीको नाम उल्लेख गरी आत्महत्या गरेपनि उक्त घटनालाई सामसुम पार्ने प्रयास गरियो । अध्यक्ष ढकालले मिश्रको काममा असन्तुष्टि जनाउँदै केही स्पष्टीकरण सोधेका थिए । संस्थाबाट पटकपटक दबाब दिइएको र मानसिक यातना दिइएकाले मिश्रले आत्महत्या गरेको पीडित परिवारले जनाएका छन् ।

मिश्रले संस्थाका बजार प्रमुख रञ्जित झा र शेरबहादुर खड्काको नाम उल्लेख गर्दै ‘सुसाइट नोट’लेखेका थिए ।

मिश्रको निधनपछि अध्यक्ष ढकालसहित अन्य कर्मचारीहरू समवेदना दिन झापास्थित घर गएका थिए ।

त्यस क्रममा स्थानीयले उनीहरूलाई दुव्र्यवहार गरे । फर्किने क्रममा मोरङस्थित पथरीको जङ्गलमा आइपुगेपछि सँगै गएका सबैको मोबाइल फोन ढकालले नै नियन्त्रणमा लिएर सोधपुछ गरी मानसिक यातना दिएको घटनासमेत सार्वजनिक भएको थियो ।

विभिन्न घटालाई लिएर ढकाल आफैँले सेयर सदस्य र कर्मचारीहरूलाई आरोप-प्रत्यारोपमा उत्रिने गरेको स्रोतको दाबी छ ।

संस्थामा हाल १ हजार ६ सयभन्दा बढी सेयर सदस्य र दैनिक ११ हजारभन्दा बढी कृषक आबद्ध रहेका छन्।

दुग्धजन्य पदार्थको ठूलो कारोबार हुँदै आए पनि आन्तरिक विवाद र सीमित व्यक्तिको स्वार्थका कारण सहकारीको भविष्य जोखिममा पर्न सक्ने भन्दै सदस्यहरूले चिन्ता व्यक्त गरेका छन्।

यो पनि – कामधेनु सहकारीले रजिस्ट्रार कार्यालयलाई बुझायो जवाफ, प्रक्रिया नपुगे कारबाही हुने संकेत

यो पनि – कामधेनु सहकारीको विवाद उत्कर्षमा, सेयर सदस्य निष्कासनपछि रजिष्ट्रार कार्यालयले माग्यो जवाफ

यो पनि – कर्मचारी आत्महत्या प्रकरणमा घेरिएपछि कामधेनु सहकारीद्वारा पत्रकारलाई खाममा पैसा !

यो पनि – कामधेनु सहकारीमा ‘सुसाइड नोट’ प्रकरण : घटना सामसुम पार्न पूर्व अध्यक्षसहित तीन जनामाथि कारबाही

Tags: कामधेनुटाकुरा विशेषयादप ढकाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    248 shares
    Share 99 Tweet 62
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    238 shares
    Share 95 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.