धरान : धरानमा बस दुर्घटना भएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।
को १ ख ७११९ नम्बरको गाडी ब्रेक फेल भएर घुम्तीमा रहेको घरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।
घरमा गाडी ठोक्क्दिा सोही घरमा रहेको मेडिकलमा आएका सर्वसाधारणलाई किचेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भीषणबाबु राईले जानकारी दिए ।
उनका अनुसार गाडी दुर्घटनामा परी घाइते भएकाहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।














Discussion about this post