इटहरी : नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको आयोजनामा यही माघ १६ र १७ गते दुईदिने जुनियर रेडक्रस कन्क्लेभ आयोजना गरिने भएको छ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको प्राङ्गणमा हुने कन्क्लेभबारे उपशाखाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
रेडक्रस हाँसपोसा उपशाखा अन्तर्गत रहेका २५ वटा विद्यालयबाट विद्यार्थीहरूको सहभागिता रहनेछ।
उपशाखाका सभापति उमेश राईका अनुसार प्रत्येक विद्यालयबाट विद्यार्थीका साथै शिक्षक नायक र सहनायक गरी १३ जनाको सहभागिता रहनेछ। जसअनुसार कुल ३२५ जना सहभागी हुनेछन्।
उनका अनुसार विद्यालय तहमा रेडक्रसको महत्व, उद्देश्य र मानवीय सेवाप्रति सचेतना बढाउनु कन्क्लेभको प्रमुख लक्ष्य हो।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न तालिम तथा सेमिनारसमेत आयोजना गरिने राईले बताए।
कार्यक्रमको पहिलो दिन रक्तदान, रक्त समूह पहिचान तथा दन्त परीक्षणसम्बन्धी सेवा प्रदान गरिने सचिव होमनाथ खड्काले जानकारी दिए।
साथै विद्यार्थीहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य पनि कार्यक्रमले लिएको उनले बताए।
कार्यक्रम संयोजक सुमन रेग्मीका अनुसार आपतकालीन तयारी, सुरक्षित व्यवहार तथा मानवीय सेवासँग सम्बन्धित आधारभूत सीप विकास गर्ने लक्ष्यसहित कन्क्लेभ सञ्चालन गरिनेछ। कार्यक्रममा कुल १५ लाख खर्च हुने अनुमान गरिएको छ।













Discussion about this post