Wednesday, August 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरी २ मा राजीव कोइरालाको ‘१० प्रतिबद्धता’ सार्वजनिक, सरकारी सेवामा लाइन र भनसुन अन्त्य गर्ने वाचा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १०, २०८२
in टाकुरा विशेष, समाचार
0
सुनसरी २ मा राजीव कोइरालाको ‘१० प्रतिबद्धता’ सार्वजनिक, सरकारी सेवामा लाइन र भनसुन अन्त्य गर्ने वाचा
79
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसबाट सुनसरी २ का उम्मेदवार रहेका राजीव कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका लागि ‘१० बुँदे प्रतिबद्धता’ सार्वजनिक गरेका छन्।

कोइरालाले सार्वजनिक गरेको प्रतिबद्धतामा सरकारी सेवा सहज बनाउनेदेखि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनेसम्मका विषय समेटिएका छन्।

उनले सरकारी कार्यालयमा सेवाग्राहीले बिचौलिया, भनसुन, घुस वा लामो लाइनको झन्झट बेहोर्नु नपर्ने व्यवस्था मिलाउने वाचा गरेका छन्।

त्यस्तै, विकास निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गराउने, किसानलाई सिँचाइ, बीउ–मल र बजार सुनिश्चित गर्ने तथा स्थानीय बजारलाई चलायमान बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

उनले शिक्षा र रोजगारीका लागि युवालाई बाहिर जानु नपर्ने वातावरण बनाउने, शुद्ध खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा सुनिश्चित गर्ने तथा कला, सीप र ज्ञानको सम्मान गर्ने पनि बताएका छन्।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राख्ने, राष्ट्रघाती सन्धि–सम्झौताको विपक्षमा उभिने र भ्रष्टाचार तथा अनियमितताविरुद्ध कडा अडान लिने उनको अर्को प्रतिबद्धता छ।

निर्वाचनको मुखैमा सार्वजनिक गरिएको यी प्रतिबद्धता मतदातामाझ कत्तिको विश्वासयोग्य ठहरिन्छ भन्ने अबको चुनावी प्रतिस्पर्धामा परीक्षण हुने देखिएको छ।

यस्तो छ कोइरालाले उल्लेख गरेका प्रतिबद्धता –

१. मेरो निर्वाचन क्षेत्रभित्र रहेका सरकारी कार्यालयहरूबाट नागरिकहरूका लागि संविधान र कानुनले दिएको सेवा सुविधा वा अधिकार प्राप्त गर्न कुनै बिचौलियाको भर पर्नु पर्दैन । कुनै भनसुन वा सिफारिस लिन पर्दैन । अतिरिक्त रकम (घुस) दिन पर्दैन, दिनभर लाइनमा बस्नुपर्दैन । सरकारी सेवकहरूबाट चर्को र रूखो बोली व्यवहारको सामना गर्नुपर्दैन।

२. मेरो निर्वाचन क्षेत्रभित्र हुने विकास निर्माण सम्बन्धि कुनै पनि कार्यहरू गुणस्तरहीन हुँदैन । तोकिएको समयसीमा भन्दा बढी समय लम्बिदैन, अनिमियतता र भ्रस्टचारको चलखेल हुँदैन।

३. मेरो निर्वाचन क्षेत्रभित्रका किसानहरूले अ–आफ्नो खेतबारीमा समयमै पर्याप्त सिचाइँ, बप्उ र मलको सुविधा पाउनेछ । उब्जिएको उत्पादनले उचित मूल्य र पर्याप्त बजार प्राप्त गर्नेछ।

४. मेरो निर्वाचन क्षेत्रभित्रका बजारहरू अझ बढी चलायमान हुनेछ।

५. मेरो निर्वाचन क्षेत्रभित्रका विद्यार्थी तथा युवाहरू शिक्षा र रोजगारको लागि अन्यत्र जानुपर्दैन।

६. मेरो निर्वाचन क्षेत्रभित्रका नागरिकहरू शुद्ध खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ उपचार जस्ता आधारभूत सेवाहरूबाट बन्चित हुने छैनन्।

७. मेरो निर्वाचन क्षेत्रभित्रका नागरिकहरूको कला, सीप, र ज्ञानले उचित प्रोत्साहन, सम्मान र मूल्यांकन प्राप्त गर्नेछ।

८. मेरो निर्वाचन क्षेत्रभित्रको सामाजिक वातावरण सभ्य, सुरक्षित, सद्भावपूर्ण र धार्मिक सहिष्णुताले भरिपूर्ण हुनेछ।

९. म सांसद भूमिकामा कुनैपनि राष्ट्रघाती सन्धि, सम्झौता र विधयकको पक्षमा उभिने छैन।

१०. म सांसद भूमिकामा कुनैपनि भ्रष्टाचार, अनिमियतता र बदनियतविरूद्ध शून्य सहनशीलताको साथ अडान लिनेछु।

Tags: #सुनसरीटाकुरा विशेषराजीव कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप
खेलकुद

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीको जैविक मार्गभन्दा बस्ती संरक्षण प्राथमिकतामा राख्न माग

भदौ ९, २०८३
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.