Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चुरे संरक्षणमा नेपाली सेनाको बढ्दो भूमिका

रासस by रासस
फाल्गुन ११, २०८२
in समाचार
0
चुरे संरक्षणमा नेपाली सेनाको बढ्दो भूमिका
69
SHARES
Share on FacebookShare on Twitter

नेपाली सेनाले केवल सुरक्षा र शान्ति कायम राख्न मात्र नभई प्रकृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका विस्तार गर्दै आएको छ ।

वन, जलस्रोत र जैविक विविधताको संरक्षणदेखि प्राकृतिक विपद्का बेला उद्धार कार्यसम्म, सेनाका विभिन्न अभियानले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।

नेपाली सेनाले सुरक्षा मात्र नभई चुरे क्षेत्रको संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

राष्ट्रिय सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि नेपाल सरकारले २०६९ माघ ४ गते नीतिगत निर्णय गरी वन तथा पर्यावरण सुरक्षा निर्देशनालय स्थापना गरेको थियो ।

निर्देशनालयको संरचनामा वन तथा पर्यावरण सुरक्षा गण नं १ र नं.२ रहेका छन् । दुबै गणले देशभर ३७ जिल्लामा चुरे संरक्षण अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएको सेनाले जनाएको छ ।

श्री नं.१ गण, रानीवास ब्यारेक, सिन्धुली जिल्लामा तैनाथ रहँदै नारायणी नदी पूर्वतर्फका १५ जिल्लामा चुरे संरक्षण र संवद्र्धनको जिम्मेवारी निरन्तर रूपमा सम्पादन गर्दै आएको छ भने श्री नं २ गण २०७१ वैशाख १ गतेदेखि नवलपरासी बर्दघाट सुस्त पूर्व जिल्लाको कावासोतीस्थित हात्तीखोरमा तैनाथ रहँदै नारायणी नदी पश्चिमतर्फका २२ जिल्लामा चुरे शृङ्खलाको संरक्षण र संवद्र्धन कार्य सञ्चालन गर्दै आएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।

चुरे क्षेत्रका प्राकृतिक स्रोतहरूको संरक्षण र सदुपयोग गर्दै सम्भावित क्षयीकरण न्यूनीकरण गर्ने र स्थानीय जनताको जीवनस्तर सुधार गरी गरिबी तथा असमानता घटाउन सहयोग पुर्‍याउने उद्देश्यले २०६६/६७ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु भएको थियो ।

चुरे क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरी तराई–मधेश क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रहरूको व्यवस्थापनका लागि नेपाल सरकारले २०७१ असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरेको थियो । आव २०७१/७२ देखि यो कार्यक्रम राष्ट्रिय गौरवको आयोजनाका रूपमा सञ्चालन हुँदै आएको सेनाले जनाएको छ ।

राष्ट्रिय पुँजी र अर्थतन्त्रको विकास गर्न साथै प्रकृतिको संरक्षण र संवद्र्धनसहित पर्यटन उद्योग एक महत्वपूर्ण क्षेत्रका रुपमा लिइन्छ समग्र चुरे क्षेत्रलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरी, नेपाल सरकार, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, नेपाली सेना र अन्य सरोकारवालाहरूसँग समन्वयमा प्रत्येक वर्ष असार २ गते चुरे दिवस बृहत् वृक्षरोपण तथा विशेष कार्यक्रमका साथ मनाउने गरिए पनि प्रवक्ता बस्नेतले जानकारी दिए।

पर्यावरण संरक्षण र सुरक्षामा नेपाली सेनाको इतिहास भूमिका निकै लामो र समृद्ध छ । विगतका दशकदेखि सेनाले जङ्गल, नदी, जलाशय, जैविक विविधता र प्राकृतिक स्रोतहरूको संरक्षणमा सक्रियता भूमिका खेल्दै आएको छ ।

वृक्षरोपण, तटबन्ध निर्माण, ताल–तलैया संरक्षण, प्राकृतिक विपद् व्यवस्थापन र समुदायसँगको सहकार्यमार्फत सेनाले वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण काम गर्दै आएको सेनाले जनाएको छ ।

विगतदेखि नै चुरे तराई–मधेश क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

आर्थिक वर्ष २०७२/७३ देखि २०८१/८२ सम्म सम्पन्नको तथ्याङ्क हेर्दा सेनाले महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ भने तारबारसहितका सिराहा, सप्तरी, सिन्धुली, नवलपरासी र दाङ जिल्लामा एक हजार ६८२.२२ हेक्टर जमिनमा वृक्षरोपण भएको छभने ४८ हजार ९०४ मिटर तारबार निर्माण सम्पन्न गरेको छ ।

सेनाले ताल तलैयाहरुको संरक्षण गरिरहेको छ । सुनसरी, सर्लाही, रौतहट, सिराहा, रुपन्देही, बर्दिया, कैलाली, चितवन, नवलपरासी, सप्तरीलगायत २२ जिल्लामा तालतलैयाको संरक्षण, संवद्र्धन र पुनर्निर्माण गरेको छ ।

सिराहा, सप्तरी, सिन्धुली, उदयपुर, नवलपरासी, दाङ र सुनसरी जिल्लामा एक हजार १४४ मिटर तटबन्ध निर्माण गरी स्थानीय बस्ती तथा कृषि क्षेत्र संरक्षणमा महत्वपूर्ण योगदान दिइरहेको छ । वृक्षरोपण कार्यलाई प्रभावकारी बनाउन लागि गणहरूमा ‘सेड हाउस’ स्थापना गरी आवश्यकतानुसार बिरुवा उत्पादन गर्दै आइरहेको सैनिक प्रवक्ता बस्नेतले जानकारी दिए।

नेपाली सेनाले संरक्षणअन्तर्गत तयार पारेका संरक्षित क्षेत्रहरू स्थानीय सामुदायिक वन समितिलाई हस्तान्तरण गर्दै आएको छ । २०७२ साल असार ३० गते सप्तरी जिल्ला, खडक नगरपालिका–४ अमाहा क्षेत्रमा श्री नं १ वन तथा वातावरण सुरक्षा गणबाट ५०१.९५ हेक्टर जमिनमा पाँच लाख १५ हजार ९४१ बिरुवा रोपियो भने चार हजार १३० मिटर तारबार र १३६ मिटर तटबन्ध निर्माण गरी २०८० चैत २१ गते सम्बन्धित सामुदायिक तथा वन समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

त्यसैगरी, दाङ तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुरमा श्री नं २ गणले १७९.६ हेक्टर जमिनमा दुई लाख ८५ हजार ४२० बिरुवा रोपण र १७ हजार १५५ मिटर तारबार निर्माण गरी २०८२ कात्तिक ११ हस्तान्तरण गरियो । सिराहा मिर्चैया नगरपालिका–६ स्थित सत्नाचौरीमा श्री नं १ गणबाट तैनाथ सेनाले ३१३ हेक्टर जमिनमा चार लाख ५५ हजार ४०० बिरुवा रोपण, १२ हजार ४६० मिटर तारबार र १७५.३५ मिटर तटबन्ध निर्माण गरी २०८२ मङ्सिर ११ गते सामुदायिक वन समितिलाई हस्तान्तरण गरेको सेनाले जनाएको छ । सेनाको चुरे संरक्षणमा दिगो योगदान मात्र नभई स्थानीय समुदायको जीवनस्तर सुधार र वातावरणीय सन्तुलन कायम राख्न पनि महत्वपूर्ण भूमिका निर्वाह रहेको छ ।

सहकार्य र समन्वयमा नेपाली सेना  

नेपाल सरकारले २०७१ असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरेपछि समितिका कार्यक्रम कार्यान्वयन इकाइहरू सलकपुर (मोरङ), जनकपुर, भरतपुर, बुटवल र कैलालीलगायत स्थानीय निकाय, क्षेत्रीय जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वनहरूसँग सहकार्य र समन्वय गर्दै पर्यावरण संरक्षणका कार्यहरू सञ्चालन हुँदै आएका छन् ।

सेना प्रवक्ता सहायक रथी बस्नेतका अनुसार कार्यक्रमका माध्यमबाट चुरे क्षेत्रका राष्ट्रिय वन, जङ्गल, प्राकृतिक वनस्पति, जीवजन्तु, जैविक विविधता, जलाधार क्षेत्र, रामसार र सिमसार क्षेत्रहरूको संरक्षण, संवद्र्धन र सुरक्षा गर्दै जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुगेको छ ।

क्षतिग्रस्त जमिनहरूमा वृक्षरोपण, ताल–तलैया संरक्षण र पुनर्निर्माण, पानीका स्रोतहरूको वृद्धि, जङ्गली जनावरहरूको आवासस्थल सुधार र आन्तरिक पर्यटनको प्रवद्र्धनले स्थानीय समुदायको आयआर्जनमा पनि टेवा पुगेको छ ।

वन तथा पर्यावरण संरक्षण कार्यमा तैनाथ सेनाले नियमित पेट्रोलिङ, निगरानी र सुरक्षा कार्य गर्दै वन अतिक्रमण तथा चोरी–निकासी नियन्त्रणमा योगदान दिएको छ । वार्षिक रूपमा सञ्चालन हुने चुरे संरक्षण दिवसका अवसरमा राष्ट्रपतिबाट वृक्षरोपण कार्यक्रम सञ्चालन हुँदा राष्ट्रियस्तरमा यस कार्यक्रमको महत्व झन् बढेको छ ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समितिसँगको सहकार्यमा नेपाली सेनाले सप्तरी, खडक नगरपालिका अमाहा क्षेत्रका सामुदायिक वनहरू (राजाजी, सिंहस्रा, गोबराहा, खुदिमाथी र बोची) मा विभिन्न प्रजातिका पाँच लाख ४२ हजार ८९१ बिरुवा वृक्षरोपण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको सेनाले जनाएको छ ।

त्यसैगरी, सिरहा, मिर्चैया नगरपालिका–६ स्थित सामुदायिक वनहरु बजरङ्गबली, मण्ठादेवी, रामनगर खोरिया र जिवा ठाकुरमा चार लाख आठ हजार ९०० बिरुवा वृक्षरोपण र हस्तान्तरण गरेको छ ।

सिरहा, धनगढीमाई नगरपालिका–१२ र १३ मा वृक्षरोपण, तारबार र तटबन्ध निर्माण, सिन्धुली कमलामाई नगरपालिका झुँगा र गोगनपानीमा तारबार र वृक्षरोपण सप्तरीको सुरुङ्गा मछ्याही ताल पुनर्निर्माण, प्रकृति र वातावरण संरक्षण कार्यमा सक्रिय योगदान दिँदै आएको छ ।

यसैगरी, दाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) का ५८.९२ हेक्टर जमिनमा ९४ हजार २७२ बिरुवा रोपण र तीन हजार ३७ मिटर तारबार निर्माण गरेको छ ।

२०८२ असार २ गते नवलपरासी, कावासोती–३ मा २८ बिगाहास्थित ज्योतिकुञ्ज सामुदायिक वनमा छ हेक्टर खाली जमिनमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बृहत् वृक्षरोपण गरिएको सेनाले जनाएको छ ।

सेनाले चुरे संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न, स्थानीय समुदायको जीवनस्तर सुधार्न र जलवायु परिवर्तन तथा प्राकृतिक जोखिम न्यूनीकरणमा दिगो योगदान पुर्‍याउँदै आएको छ ।

नेपाली सेनाले चुरे संरक्षण र सामुदायिक वन व्यवस्थापनमा योगदान पुर्‍याउन आफ्नो नर्सरी युनिटमार्फत बिरुवा उत्पादन गर्दै आएको छ । युनिटमा बीउ–बिजन सङ्कलन गरी विभिन्न प्रजातिका खयर, बकाइनो, सित्तलचिनी, शिरिष, अस्ट्रेलियन बबुल, साल, कपुर, बेल, रक्त चन्दन, जामुन, राजवृक्ष, कागती, अशोका, हर्रो, बर्रो, सिमल, तेजपत्ता, पारिजात, बयर, कटहरलगायतका बिरुवा हुर्काउने कार्य भइरहेको छ ।

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नारासहित नेपाली सेनाले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको गुरुयोजनाअन्तर्गत चुरे संरक्षणमा निरन्तर योगदान दिँदै आएको छ ।

सेनाले वन तथा पर्यावरण क्षेत्र संरक्षणमा निर्वाह गरेको भूमिकाले वातावरणीय सन्तुलन कायम राख्ने, भू–क्षय नियन्त्रणमा सहयोग पुर्‍याउने, जलस्रोत सुरक्षित राख्ने र जैविक विविधता प्रवद्र्धन गर्ने काममा प्रभावकारी योगदान पुर्‍याएको छ ।

Tags: #राससनेपाली सेनासेना
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.