Wednesday, July 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

केशव खतिवडा by केशव खतिवडा
फाल्गुन १२, २०८२
in टाकुरा विशेष, विचार
0
सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ
84
SHARES
Share on FacebookShare on Twitter

बौद्धिक उत्खनन तथा विचार र नवप्रवर्धनको माध्यमबाट युवा केन्द्रित नेतृत्व, विज्ञतासहितको राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, कूटनीतिक तथा दिगो र दीर्घकालीन विकासको लागि पुराना, असान्दर्भिक तथा अन्याय पूर्ण सोच, प्रणाली, संरचना, सामाजिक मूल्य मान्यता तथा नियमहरूलाई शान्तिपूर्ण ढङ्गले नयाँ, सकारात्मक,तथा भविष्यमुखी विकल्पहरू को खोजी र सृजना गर्नु नै सृजनात्मक विद्रोह हो ।

जसले पुराना विचार, मूल्य, मान्यता, सोच, प्रणाली, संरचनाहरूलाई भत्काउने मात्र हैन, भत्काएको स्थानमा थप राम्रो तथा जनअपेक्षित र अनुमोदित निर्माण गर्दछ । अर्थात् भत्काउनु पर्नेलाई भत्काउने, संरक्षण गर्नुपर्नेलाई संरक्षण गर्ने र सृजना गर्नुपर्नेलाई सृजना गर्ने कार्यहरूको समुच्य नै सृजनात्मक विद्रोह हो ।

जुन नयाँ, समाधानमुखी र रचनात्मक हुन्छ । डेभिड थोरोको अन्यायपूर्ण राज्यविरुद्ध अहिंसात्मक प्रतिरोध, फ्रेडरिक नित्सेको परम्परागत सोच र नैतिकताको विरोध, महात्मा गान्धीको रचनात्मक कार्यक्रम र अहिंसात्मक अवज्ञादेखि एबि होफम्यानको पुस्तक Revolution for the Hell of it तथा अर्थशास्त्री जोसेफ सुम्पेटरको पुस्तक क्यापिटालिज्म, सोसियलिज्म एण्ड डेमोक्रेसीमा प्रयोग भएको क्रेटिभ डिस्ट्रक्सन पुरानो प्रणाली नष्ट गर र नयाँ सृजना गर भन्ने जस्ता चिन्तन प्रणालीको सारको रूपमा सृजनात्मक विद्रोह नामक अवधारणाको विकास भएको पाइन्छ।

सृजनात्मक विद्रोहका विशेषताहरू

सृजनात्मक विद्रोहले देहाय बमोजिमका विशेषताहरू बोकेको हुन्छ।

१. शान्तिपूर्ण प्रतिरोधः सृजनात्मक विद्रोहले हिंसा बिना शान्तिपूर्ण ढङ्गले विचार, नवप्रवर्धन, बौद्धिक उत्खनन, विवेक तथा नैतिक दबाबमार्फत सकारात्मक तथा जन अपेक्षित परिवर्तनको माग गर्दछ।

२. रचनात्मकः यसले विरोध मात्र गर्दैन। नवीनतम समाधान पनि दिन्छ। पुराना, असान्दर्भिक, अन्यायपूर्ण, मूल्य, मान्यता, संरचना तथा प्रणालीलाई भत्काउने मात्र हैन, नयाँ निर्माण पनि गर्दछ। अर्थात् वैकल्पिक मोडल प्रस्तुत गर्दछ।

३. बहुआयामिकः सृजनात्मक विद्रोहको मुख्य उद्देश्य वैकल्पिक र नवीन भविष्यको निर्माण गर्ने भएको हुँदा यो बहुआयामिक हुन्छ। अर्थराजनितिक, कूटनीतिक, प्रशासनिक, कला, साहित्य, पर्यावरणजस्ता राज्यका तमाम पक्ष र सवालहरूको पुनर्संरचनाको माग गर्दछ।

४. प्रणालीमाथिको प्रहारः यसले व्यक्ति विशेषलाई हैन, विद्यमान ऐन, कानुन, संरचना, मूल्य मान्यता तथा सोच प्रणालीमाथि सकारात्मक परिवर्तनमुखी प्रहार गर्दछ।

५. चेतना केन्द्रित विद्रोहः यो चिन्तन प्रणालीले सबै विकृतिहरूको केन्द्र मानव चेतना र सोच प्रणालीमा रहेको ठान्दछ। तसर्थ यो विद्रोहले परम्परागत मूल्य, मान्यता, रूढीवाद, भय, मानसिक दासत्वको विरूद्ध विचार केन्द्रित तथा उन्नत विद्रोह गर्दछ।

६. दीर्घकालीनः सृजनात्मक विद्रोह संस्थागत र प्रणालीगत परिवर्तनको पक्षधर भएको हुँदा यो अल्पकालीन नभई दीर्घकालीन दृष्टिकोणमा आधारित हुन्छ।

७. समावेशी र नैतिक वैधताः यसले समाजमा रहेका सबै जात, जाति, वर्ग ,समुदाय तथा क्षेत्रलाई सम्मानजनक ढङ्गले एउटै सूत्रमा उन्दै उन्नत, न्यायपूर्ण र नैतिकवान् समाजको निर्माण गर्न चाहन्छ।

८. स्वपरिवर्तनमुखी परिवर्तन आफूबाट सुरु गर्नु पर्छ भन्ने मान्यता राख्दछ।

तसर्थ सृजनात्मक विद्रोह शान्तिपूर्ण ढङ्गले वैकल्पिक दृष्टिकोण माध्यमबाट वैकल्पिक र उन्नत भविष्य निर्माण गर्ने एउटा रचनात्मक र सृजनामुखी बौद्धिक सङ्घर्ष हो। जसको प्रमुख उद्देश्य शान्तिपूर्ण रूपान्तरण हो।

अर्थात् कुनै हिंसा विना मानव चेतनाको विकास गर्ने। नयाँ विकल्पहरूको सृजना गर्ने।न्यायपूर्ण सामाजिक, आर्थिक तथा राजनैतिक व्यवस्थाको निर्माण गर्ने। सार्वजनिक नीति, संरचना र सोच प्रणालीमा परिवर्तन ल्याउने। संस्थागत, पुस्तान्तरण र रूपान्तरण मा निरन्तर सुधार गर्ने।

सहभागितामूलक शासन प्रणालीको प्रवर्धन गर्ने। नागरिकहरूलाई उत्तरदायी र उद्देश्य केन्द्रित बनाउन नयाँ विचार र नवप्रवर्धनको प्रयोग गर्दै सृजनशील समाजको निर्माण गर्ने। सबै किसिमका विकृति, अनियमितता, विसङ्गति, तथा कुशासनको अन्त्य गर्नु हो।

जेनजी विद्रोहलाई सृजनात्मक विद्रोह मान्न सकिन्छ ?

गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोह विश्वका विभिन्न मुलुकमा भएको कलर रेभोल्युसनको युगमा भएको तर कुनै पनि कलर प्रयोग नगरिएको विद्रोह भएता पनि अन्य विशेषताहरूको आधारमा तत्कालीन सताच्युत भएका सत्ताधारीहरूले जेसुकै नामकरण गरेता पनि स्वतन्त्र राजनीतिक विचारकहरूले कलर रेभोल्युसन कै एउटा शृङ्खलाको रूपमा व्याख्या गरेको पाइन्छ।

केही आलेखहरूमा यो पङ्क्तिकारले पनि जेनजी विद्रोहलाई कलर रेभोल्युसनको नेपाली संस्करण भनी व्याख्या गरेको थियो।

तथापि, यो विद्रोह सृजनात्मक विद्रोह पनि हो। किनकि, जेनजी विद्रोह सुरुमा सडक आन्दोलनको रूपमा हिंसात्मक ढङ्गले गर्ने नभएर शान्तिपूर्ण रूपमा मुलुकमा विद्यमान रहेका तमाम विकृति, विसङ्गति, बेथिति, अनियमितता, भ्रष्टाचार वा कुशासनकोविरुद्ध सङ्गठित हुँदै आएको प्रतिरोध तत्कालीन समयमा सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्धको विरुद्ध विचार र सामाजिक सञ्जालजन्य प्रविधिको संयोजनबाट भएको थियो। यो विद्रोह अमुक व्यक्ति र दलविरूद्ध नभएर कुशासनविरूद्ध भएको थियो।

जसको उद्देश्य नयाँ तथा वैकल्पिक भविष्यको निर्माण गर्नु थियो। मूल नेतृत्वविहीन भएता पनि नेटवर्कमा आधारित भएको हुँदा युवाहरूको बाहुल्यता सहितको सहभागितामूलक थियो।

२३ गते राज्यको तर्फबाट बरबर्तापूर्वक बल प्रयोग गरी ठूलो सङ्ख्यामा नरसंहार गरेको हुँदा त्यसको प्रतिरोधको रूपमा २४ गतेको विध्वंशलाई दुर्घटना मान्ने हो भने जेनजी विद्रोह स्पष्ट रूपमा सृजनात्मक विद्रोह हो। किनकि, यो विद्रोहको माग दीर्घकालीन र संस्थागत परिवर्तन उन्मुख थियो। जसले डिजिटल बहसमार्फत वैकल्पिक राजनीतिको शंखघोष गरेको थियो।

आगामी निर्वाचनलाई सृजनात्मक विद्रोहको रूपमा कसरी प्रयोग गर्ने ?

सृजनात्मक विद्रोहको मुख्य उद्देश्य शान्तिपूर्ण ढङ्गले संस्थागत रूपान्तरणको साथै वैकल्पिक र उन्नत भविष्यको निर्माण गर्नु हो। तसर्थ, निर्वाचन शान्तिपूर्ण रूपान्तरणको सब भन्दा लोकतान्त्रिक माध्यम भएको हुँदा आगामी निर्वाचन जेनजी विद्रोहको कारण र परिणामसमेत भएको हुँदा यसलाई शान्तिपूर्ण विद्रोहको रूपमा परिवर्तनकारी नागरिकहरूले उपयोग गर्नुपर्दछ।

१. एजेन्डा केन्द्रित मतदान गर्नेः आगामी निर्वाचन जेनजी विद्रोहको रगत र परिवर्तनको शंखघोषको कारणले हुने भएको हुँदा विगतदेखि असफलतर्फ उन्मुख अमुक पार्टी नेता, जात, वर्ग, नाता नहेरी विश्वको सापेक्षतामा मुलुकको दीर्घकालीन विकासको एजेन्डा र जेनजी विद्रोहको मागलाई संस्थागत रूपमा सम्बोधन गर्ने नयाँ वैकल्पिक र युवा नेतृत्व केन्द्रित दललाई मतदान गर्नुपर्छ।

२. प्रियतावादबाट सावधान रहनेः पुराना दल र नेतृत्वको निरङ्कुशता, कुशासन र अतिवादबाट उनीहरूको विकल्पको रूपमा प्रियतावादको जन्म हुन्छ। तर प्रियतावाद आफैँमा एउटा राजनीतिक समस्या हो। उनीहरूसँग युवा र सेलिब्रेटी नेतृत्व हुन्छ। तर स्पष्ट भिजन, मिसन र एक्सन भने हुँदैन। जसले मुलुकलाई निकास होइन, झन् अराजकता र बेथितिमा फसाउने खतरा हुन्छ।

३. अनिवार्य रूपमा मतदान गर्नेः नो भोट वा मतदान बहिस्कारले सही नेतृत्वको चयन हुँदैन। जसले प्रणाली र संरचनालाई बदल्न सक्दैन। तसर्थ हरेक मतदाताहरू अनिवार्य रूपमा सहभागी भई रणनीतिक मतदान गर्नुपर्छ।

४. नागरिक खबरदारीलाई निरन्तरता दिनेः मतदान सँगै सृजनात्मक विद्रोहको अन्त्य हुँदैन। यसको लागि नागरिकहरूले सकारको कार्यसम्पादनको निरन्तर ट्राकिङ्ग गर्नुपर्छ। नागरिक माग र दबाब निरन्तर राख्नुपर्छ।

५. युवाहरूले आफ्नो भूमिका लाई सशक्त बनाउनेः सृजनात्मक विद्रोह रुपी जेनजी विद्रोह युवाहरूको विशेष आव्हान र सहभागितामा भएको हुँदा आगामी निर्वाचनमा जेनजी विद्रोहलाई संस्थागत गर्नको लागि उनीहरूको भूमिका सशक्त हुनुपर्छ। आगामी निर्वाचनमा आफ्नो मतलाई विचार, दबाब र वैकल्पिक भविष्य निर्माण गर्ने औजार बनाउनुपर्छ।

यसरी आगामी सृजनात्मक विद्रोहरुपी निर्वाचनमा हरेक परिवर्तनकारी बुद्धिजीवी, पत्रकार, नागरिक समाज, युवा अभियन्ताहरू किसान, मजदुर तथा आम पेसाकर्मीहरुले वैकल्पिक तथा सुन्दर भविष्य निर्माण गर्नको लागि आफ्नो पुरानो विश्वासको भग्नावशेषमाथि जीवन्त मार्च पास गर्नुपर्छ।

Tags: #विचारकेशव खतिवडा
केशव खतिवडा

केशव खतिवडा

पूर्व प्रशासक खतिवडा सामयिक विषयहरूमा विचार–विश्लेषण लेख्दै आएका छन् । उनका लेखहरूमा प्रशासनिक अनुभव र यथार्थपरक दृष्टिकोण झल्किन्छ ।

Related Posts

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
टाकुरा विशेष

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा
टाकुरा विशेष

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : सूचनाको हक प्रयोग गरी सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने नागरिकले कानूनले तोकेको समयभित्र सूचना पाउनुपर्ने व्यवस्था भएपनि इटहरी...

वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३
गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

असार २०, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

असार १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

साउन १२, २०८३
सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

साउन १२, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

इटहरीका विद्यालयमा तीन दिन बिदा

साउन १२, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

साउन १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.