Tuesday, September 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा निर्वाचनको ‘मास्टर प्लान’ : ३५ हजार सुरक्षाकर्मी परिचालन, ४३९ अति संवेदनशील स्थलमा कडा निगरानी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १८, २०८२
in समाचार
0
कोशीमा निर्वाचनको ‘मास्टर प्लान’ : ३५ हजार सुरक्षाकर्मी परिचालन, ४३९ अति संवेदनशील स्थलमा कडा निगरानी
65
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा संयन्त्रले ‘मास्टर प्लान’ लागू गर्दै बहु–तह सुरक्षा घेरा तयार गरिएको छ।

२८ वटै निर्वाचन क्षेत्रमा भयरहित मतदान सुनिश्चित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबीच त्रिपक्षीय समन्वयलाई उच्च प्राथमिकता दिइएको हो।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचन सुरक्षामा मात्र ३५ हजार सुरक्षाकर्मी प्रत्यक्ष परिचालन गरिएका छन्। तीमध्ये १२ हजार नेपाल प्रहरी र २३ हजार म्यादी प्रहरी खटिएका छन्। यसबाहेक सशस्त्र प्रहरी बलका तर्फबाट ८ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको छ।

सुरक्षा समितिको मूल्यांकनअनुसार प्रदेशका १ हजार ९०७ मतदान स्थलमध्ये ४३९ स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। ती स्थानमा अतिरिक्त सुरक्षा घेरा, निगरानी र गस्तीलाई कडाइ गरिएको छ।

प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआइजी विनोद घिमिरेले सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गर्ने गरी मोबाइल टोली र रिजर्भ फोर्स तयारी अवस्थामा राखिएको बताए।

उनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै मतदान अघि, मतदानका दिन र मतगणनासम्म विशेष सुरक्षा योजना लागू हुनेछ।

प्रदेशभर ३५ लाखभन्दा बढी मतदाता

प्रदेशभर ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन् भने ४ हजार २७० मतदान केन्द्र कायम छन्। सबै केन्द्रमा सुरक्षाकर्मीको प्रत्यक्ष उपस्थिति रहने र आवश्यक परे थप बल परिचालन गरिने जनाइएको छ।

प्रहरी नेतृत्वका अनुसार हाल समग्र सुरक्षा अवस्था सन्तोषजनक रहेको छ र मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण तयार गरिएको छ।

यसपटकको निर्वाचनमा सुरक्षाको रणनीति ‘दृश्य र अदृश्य’ दुवै किसिमले कडा बनाइएको दाबी सुरक्षा निकायको छ। जसले मतदान प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Tags: #सुरक्षाकोसी प्रदेशनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु
विविध

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०८३
0

ताप्लेजुङ : ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई उडान सुरु भएको छ । मौसम खराबीलगायतका कारण देखाउँदै...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले यही असोज २२ र २३ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्ने निर्णय गरेको छ ।...

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

अशोज १२, २०८३
कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.