इटहरी : धनकुटामा एमाले उम्मेदवार राजेन्द्र राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
राईले १८ हजार १३२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत प्राप्त गरे ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९४४ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६६५ मत प्राप्त गरे ।
निर्वाचित राईको यो जितसँगै उनले ह्याट्रिक गरेका छन् । २०७९ सालको निर्वाचन जितेपछि उनी दुईपटक मन्त्री समेत भइसकेका छन् ।














Discussion about this post