उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ बागचौरीस्थित विद्युत् पोलमा चढेर विद्युत बनाउने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाका कर्मचारीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारीअनुसार त्रियुगा नगरपालिका वडा नं १० बोक्से चोकमा घर भएका ४५ वर्षका रामकृष्ण राजधामी रहेका छन् । राजधामी नेपाल विद्युत् प्राधिकरणको गाईघाट शाखामा कार्यरत रहेका थिए ।
विद्युतका कर्मचारी राजधामी त्रियुगा नपा ८ स्थित बागचौरी गाउँमा विद्युत् मर्मत सम्भारका लागि गएको र विद्युत्को पोलमा चढेर बनाउन लाग्दा साँझ साढे पाँच बजे करेन्ट लागेर घाइते भएका थिए ।
घाइते राजधामीलाई उपचारकालागि उदयपुर जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।












Discussion about this post