Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

माधव पाेख्रेल by माधव पाेख्रेल
भदौ २२, २०८३
in समाचार
0
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ
56
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३८ महिनामा ४ हजार ३७६ दशमलव ५८४ किलोग्राम गाँजा बरामद गर्दा ९९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष २०८०-०८१ देखि चालु आर्थिक वर्ष २०८३-०८४ को हालसम्मको दुई महिनाबीच उक्त परिमाणको गाँजा बरामद गर्दै ६४ वटा लागू औषधविरुद्धका मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३८ महिना अर्थात् तीन वर्ष दुई महिनाको अवधिमा उक्त परिमाणको गाँजा बरामद गरी नष्टसमेत गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी गणेशबहादुर बमका अनुसार आर्थिकवर्ष २०८०-०८१ मा २४८ दशमलव ८५ केजी गाँजा बरामद गर्दा २७ जना पक्राउ परेका थिए । त्यस अवधिमा १८ वटा लागूऔषधविरुद्धका मुद्दा दर्ता गरिएको थियो ।

यसैगरी आर्थिक वर्ष २०८१-२०८२ मा एक हजा ७५३ केजी गाँजा बरामद गर्दा ३९ जना पक्राउ परेका थिए । त्यसमा २७ वटा मुद्दा दर्ता गरिएको थियो । गत आर्थिक वर्ष २०८२-२०८३ मा एक हजार ४८ दशमलव ४९९ केजी गाँजा बरामद गर्दा २८ जना पक्राउ परेका थिए । त्यसमा १६ वटा लागूऔषध विरुद्धका मुद्दा दर्ता गरिएको छ ।

यसै चालु आर्थिक वर्ष २०८३-०८४ को साउन र भदौमा मात्र १३ सय २७ किलोग्रामभन्दा बढी गाँजा बरामद गरी चारजनालाई पक्राउ गरिएको छ । पछिल्लो पटक सोमबार बिहान मात्र कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनबाट प्रहरीले एक हजार एक सय २२ दशमलव ६७ किलोग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँका अनुसार शान्तिवन क्षेत्रमा खोजतलास गर्ने क्रममा जंगलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरामा प्याक गरिएको गाँजा बरामद भएको थियो । एसपी चापागाईँ भन्छन्, ‘पहाडी क्षेत्रबाट तराईतर्फ गाँजा ढुवानी हुने थाहा पाएपछि पछिल्लो समय एउटा गोप्य अभियान चलाएका छौँ । त्यसकै आधारमा दुई महिनाको बीचमा ठूलो परिमाणमा गाँजा बरामद गरी अनुसन्धान गरिरहेका छौँ ।’

 

Tags: #उदयपुर
माधव पाेख्रेल

माधव पाेख्रेल

Related Posts

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग
समाचार

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

by माधव पाेख्रेल
भदौ २२, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १९ लाख ४० हजार ८२७ रुपैयाँ आर्थिक सहयोग...

भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा
समाचार

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

by माधव पाेख्रेल
भदौ २२, २०८३
0

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ बागचौरीस्थित विद्युत् पोलमा चढेर विद्युत बनाउने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण...

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा अदालतबाट दोषी ठहर पाँच फरार प्रतिवादी नियन्त्रणमा

भदौ २२, २०८३
भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भदौ २२, २०८३
बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.