इटहरी : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सत्यका पक्षमा उभिँदा जति गाली आए पनि सामना गर्न तयार रहेको बताएका छन्।
हालै दिएको अभिव्यक्तिमा उनले समाजमा व्याप्त झुट र अन्याय अन्त्य गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै ‘सत्य कुरा गर्दा जति गाली खान परे पनि खान तयार छु,’ भनेका हुन्।
उनले झुटो समाजलाई सत्यवादी समाजमा रूपान्तरण गर्ने लक्ष्य राखेको बताउँदै भनेका छन्, ‘सत्य कुरा गर्दा जति गाली खान परे नि खान तयार छु म । झुटो समाजलाई सत्यवादी समाज बनाएर सतीको श्राप मुक्त गर्नु छ मैले । जेनजीलाई मात्रै होइन, यो देशलाई र यो देशको जलेको सिंहदरबारका भित्ताहरुलाई पनि न्याय मिल्नुपर्छ । विभेद हुनु हुँदैन । यो देशलाई सतीको श्रापबाट मुक्त गर्नु छ ।’
साम्पाङले समग्र देशका लागि न्याय आवश्यक रहेकोमा जोड दिँदै सिंहदरबारलाईसमेत संकेत गर्दै राज्य संयन्त्रभित्र सुधारको आवश्यकता औंल्याए।














Discussion about this post