इटहरी : सुनसरी प्रहरीले विभिन्न मितिमा अवैध रूपमा भन्सार छली गरी ल्याउँदै गरिएको लत्ता कपडा नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले बरामद गरेका कपडाहरू आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको जनाएको छ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट ५० हजार बराबरको लत्ता कपडा बरामद गरिएको छ। यसैगरी इलाका प्रहरी कार्यालय दुहबीले २ लाख ११ हजार ५ सय बराबरको कपडा नियन्त्रणमा लिएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय देवानगञ्जले ३३ हजार ५ सय र सीआरभी सोनापुरले ७६ हजार ६ सय बराबरको लत्ता कपडा बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण कपडाको कुल मूल्य ३ लाख ७१ हजार ६ सय रहेको छ। प्रहरीले भन्सार छली हुन नदिन चेकजाँच कडा पारिएको जनाएको छ।














Discussion about this post