इटहरीमा दुर्घटना भएको छ ।
इटहरी १७ पकली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा झुम्का जादैँ गरेको को १ ज ३३८८ नं. को म्याजिकले साईकलयात्री सोही ठाउँ बस्ने बर्ष ४० की उषा मगरलाई ठक्कर दिदाँ उनी गम्भीर घाईते भएकी छिन् ।
मगरको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनको उपचार भईरहेको छ । दुर्घटना गराउने सवारी साधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














Discussion about this post