इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्।
अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति उनले असन्तुष्टि जनाएका छन्। उनले सरकार मन्दिर र गुम्बा भत्काउनेतर्फ केन्द्रित भएको आरोप लगाएका छन्।
साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो यो धर्तीमा। नत्र एक दिन यसले पशुपति र बौद्धलाई पनि नछोड्लाजस्तो देखियो।’
उनले भगवानकै सृष्टि रहेको र भक्तिभावमा बनाइएका मन्दिर भत्काउनु अराजकता रहेको बताए । ‘भगवानले जग्गा किनेर नम्बरीमा बस्नु पर्ने रे?’ उनले भनेका छन्।
खासगरी सरकारले शुक्रवार काठमाडौँस्थित मन्दिर र गुम्बा नै डोजर लगाएर भत्काएपछि अहिले सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।















Discussion about this post