Thursday, May 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

आर्थिक चलायमानका लागि निजी क्षेत्रलाई साथ लिएर हिँड्छौँ : मुख्यमन्त्री कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३१, २०८३
in FEATURE BREAKING, समाचार
0
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी
52
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक चलायमानका लागि निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा बिहीवार विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोह उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई डर र त्रास नदेखाई सुरक्षाको प्रत्याभूति दिँदै प्रदेशको समृद्धिका लागि सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले वर्तमान दुई तिहाइको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता कायम हुने र नेपाली जनताले राहतको महसुस गर्ने विश्वास व्यक्त गरे। उनले आगामी वर्षको प्रदेश बजेट उपलब्धिमूलक क्षेत्रमा विनियोजन गर्न निर्देशन दिएको जानकारी दिए।

उनले विकास भनेको सडक र पुल निर्माण मात्र नभई सूचना प्रविधि र पर्यटन क्षेत्रको विकास पनि भएको उल्लेख गर्दै ती क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे।

मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ र २०८४।८५ लाई भ्रमण वर्षका रूपमा घोषणा गर्ने तयारी गरेको छ।

प्रदेशको कृषि उत्पादन निर्यातमार्फत आर्थिक गतिविधि बढाउने उद्देश्यले आगामी भदौमा नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग छलफल कार्यक्रम आयोजना गरिने पनि उनको भनाइ छ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगर उद्योगी–व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्रबहादुर राउतले स्थिर सरकार र राजनीतिक स्थिरताले जलविद्युत्, पर्यटन, उद्योग तथा कृषिको विकासमार्फत आर्थिक चलायमानता र समृद्धि कायम हुने विश्वास व्यक्त गरे।

Tags: कोसी प्रदेशहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

पाथीभरामा एक महिनामै एक करोड बढी भेटी सङ्कलन

by टाकुरा न्यूज । इटहरी
बैशाख ३१, २०८३
0

ताप्लेजुङ : ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा वैशाख महिनामा १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास...

मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय
FEATURE BREAKING

कोशी प्रदेशसभाको बजेट अधिवेशन जेठ ६ गतेदेखि

by टाकुरा न्यूज । इटहरी
बैशाख ३१, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले आगामी जेठ ६ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी मोरङबाट पक्राउ

बैशाख ३१, २०८३
इटहरीमा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना

इटहरीमा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना

बैशाख ३१, २०८३
एसईई : इटहरीको मुसहर बस्तीमा रहेको जनजागृति माविमा शतप्रतिशत नतिजा

एसईई : इटहरीको मुसहर बस्तीमा रहेको जनजागृति माविमा शतप्रतिशत नतिजा

बैशाख ३१, २०८३
सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

बैशाख ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरामा एक महिनामै एक करोड बढी भेटी सङ्कलन

बैशाख ३१, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभाको बजेट अधिवेशन जेठ ६ गतेदेखि

बैशाख ३१, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी मोरङबाट पक्राउ

बैशाख ३१, २०८३
इटहरीमा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना

इटहरीमा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना

बैशाख ३१, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    510 shares
    Share 204 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1555 shares
    Share 622 Tweet 389
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    380 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.