Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

सिसिटिभी नचल्दा अनुसन्धान प्रभावित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ९, २०८३
in समाचार
0
तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
910
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका–२० तरहराको पानीपिया जंगलमा नवजात शिशु फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलमा आएका दुई युवकले नवजात शिशु जंगलमा छाडेर फरार भएका हुन्।

तर, प्रभावकारी सिसिटिभी प्रणाली नहुँदा अनुसन्धान थप जटिल बनेको छ। गत शनिवार बिहान फोहोरको डंगुर नजिक रोइरहेको अवस्थामा करिब ७ देखि १० दिनको नवजात शिशु फेला परेको थियो।

स्थानीय महिलाले घाँस काट्न जाँदा शिशु देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसयता इलाका प्रहरी कार्यालय इटहरी र तरहरा प्रहरी चौकीले घटनाको अनुसन्धान गरिरहेका छन्।

घटनास्थलबाट शिशुको उद्धारपछि स्वास्थ्य परीक्षण गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालयले इटहरी ४ मा रहेको निःसहाय बालबालिका सेवा आश्रमको जिम्मा लगाइएको छ। अहिले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

प्रहरीका अनुसार केही सिसिटिभी फुटेजमा मोटरसाइकलमा आएका दुई युवक देखिए पनि नम्बर प्लेट स्पष्ट नदेखिँदा पहिचान गर्न कठिन भइरहेको छ।

खासगरी मोटरसाइकलको नम्बर प्लेट पहिचान हुनेबित्तिकै घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाइ छ। तर, राजमार्ग क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामेरा सञ्चालनमै नहुँदा अनुसन्धान जटिल बनेको हो।

प्रहरी स्रोतका अनुसार गत भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा केही सिसिटिभी संरचना क्षतिग्रस्त बनेपछि धेरै क्यामेरा मर्मत हुन सकेका छैनन्। त्यसको प्रत्यक्ष असर अहिलेको अनुसन्धानमा परेको हो।

तरहरा प्रहरी चौकीकी इन्चार्ज प्रहरी नायब निरीक्षक चम्पा भुजेलका अनुसार एक स्थानीय व्यक्तिले बच्चा बोकेर दुई युवक मोटरसाइकलमा गएको जानकारी दिएपछि अनुसन्धान केही अगाडि बढेको छ।

प्रहरीले अहिले राजमार्ग आसपासका निजी होटल, संघसंस्था र पसलका क्यामेरा फुटेजसमेत संकलन गरिरहेको छ।

यस घटनाले सार्वजनिक सुरक्षा प्रणालीप्रति स्थानीयको प्रश्न पनि बढाएको छ।

अपराध वा दुर्घटनापछि प्रमाण खोज्न सिसिटिभी सबैभन्दा महत्वपूर्ण माध्यम मानिन्छ। तर, आवश्यक समयमा क्यामेरा नै नचल्ने अवस्था हुँदा अनुसन्धान कमजोर बन्ने र अपराधी उम्किने जोखिम बढ्ने स्थानीयको गुनासो छ।

इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठले भने राजमार्ग क्षेत्रमा नयाँ सिसिटिभी जडानको प्रक्रिया अघि बढाइएको बताएका छन्।

उनका अनुसार वडाले आवश्यक इस्टिमेट तयार गरी पठाइसकेको छ र अबको दुई साताभित्र मुख्य स्थानमा नयाँ क्यामेरा जडान गरिनेछ।

यो पनि – तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

Tags: शिशु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.