Sunday, July 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : ‘एक घर एक धारा’ अभियान

रासस by रासस
जेष्ठ २८, २०८३
in विविध, समाचार
0
भोजपुर : ‘एक घर एक धारा’ अभियान
58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको उत्तरी क्षेत्रस्थित षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनाले ‘एक घर एक धारा’ अभियानलाई मूर्तरूप दिन थालेको छ। आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान भइसकेको छ भने बाँकी परिवारमा पनि क्रमशः पानी वितरणको तयारी भइरहेको छ।

वर्षौंदेखि सुरक्षित पिउने पानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दाले घरआँगनमै धारा पुगेपछि राहत महसुस गर्न थालेका छन्। लोमा खोला खानेपानी आयोजना अन्तर्गत नगरपालिकाका ८, ९, १०, ११ र १२ नम्बर वडाका करिब एक हजार ५०० परिवारलाई लक्षित गरी काम भइरहेको छ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईका अनुसार हालसम्म करिब एक हजार ५०० लक्षित परिवारमध्ये एक हजार २०० घरमा धारा जडान सम्पन्न भइसकेको छ। बाँकी घरधुरीमा पनि चरणबद्ध रूपमा पानी वितरण गरिने तयारी गरिएको छ।

उनका अनुसार आयोजनाको मुख्य संरचना निर्माणसँगै वितरण प्रणाली विस्तारको कामलाई तीव्रता दिइएको छ।

तर मुहान क्षेत्रमा पानी शुद्धीकरण गर्ने प्रविधि जडान नभएका कारण बर्सातको समयमा केही प्राविधिक समस्या देखिने गरेको छ। वर्षायाममा बालुवा र गिट्टी बगेर आउने तथा धारामा अवरोध सिर्जना हुने समस्या रहेको समितिको भनाइ छ।

स्थानीयवासी छत्रमाया कार्कीले घरमै धारा जडान भएपछि वर्षौंदेखिको सास्ती अन्त्य भएको बताइन्। पानीको जोहो गर्न घण्टौँ समय खर्चिनुपर्ने बाध्यता हटेको उनको अनुभव छ।

“एक गाग्री पानी ल्याउन दुई–चार घण्टा लाग्थ्यो,” उनले भनिन्, “अहिले घरको आँगनमै धारा छ। पानीको चिन्ता हटेको छ।”

स्थानीय तिलबहादुर श्रेष्ठले पनि खानेपानी सुविधाले गाउँको दैनिकी नै बदलिएको बताए। उनका अनुसार गाईभैँसीलाई पानी खुवाउन, सरसफाइ गर्न र दैनिक घरेलु कामकाजमा सहजता आएको छ।

षडानन्द नगरपालिकाले आयोजनालाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। नगर प्रमुख सुरेन्द्रकुमार उदासका अनुसार यो नगरपालिकाभित्र सञ्चालनमा रहेको ठूलो र बहुप्रतीक्षित खानेपानी आयोजना हो।

उनले आयोजना समयमै सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए। उनका अनुसार आयोजनाले पूरा आकार लिएपछि हजारौँ नागरिकले शुद्ध पिउने पानीको सुविधा पाउनेछन्।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका इन्जिनियर दीपक यादवका अनुसार आयोजनाको भौतिक प्रगति हालसम्म करिब ८० प्रतिशत पुगेको छ। अब करिब २८५ घरधुरीमा पानी वितरण गर्न बाँकी रहेको तथा पानी शुद्धीकरण संयन्त्र निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए।

चालु आर्थिक वर्षमा तीन वटा ट्याङ्की, चार वटा डीपीटी तथा तीन वटा वितरण च्याम्बर निर्माण गरिएको कार्यालयले जनाएको छ। साथै दुई हजार १०० मिटर मुख्य पाइप लाइन र ३७ हजार मिटर वितरण लाइन विस्तारको काम सम्पन्न भएको छ।

दुई स्किममा सञ्चालन भइरहेको यस आयोजनाअन्तर्गत मुख्य पाइप लाइनको लम्बाइ करिब ४७ किलोमिटर तथा वितरण लाइन करिब १५३ किलोमिटर रहेको जनाइएको छ। श्रमदानसहित आयोजनाको कुल अनुमानित लागत २६ करोड ८२ लाख ३० हजार ८३५ रुपैयाँ रहेको छ।

आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको लोमा खोला खानेपानी आयोजनाले ग्रामीण बस्तीमा आधारभूत सेवाको पहुँच विस्तार गर्नुका साथै जनजीवनको गुणस्तर सुधारमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको देखिएको छ।

खानेपानीको अभावले प्रभावित क्षेत्रका बासिन्दाका लागि यो आयोजना केवल पूर्वाधार विकासको विषय मात्र नभई जीवनशैली परिवर्तनको आधार बनेको छ।

Tags: #भोजपुरधारा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
समाचार

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी सिराहामा लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। प्रहरीको गोली प्रहारपछि नियन्त्रणमा लिइएका ६...

Auto Draft
पर्यावरण

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इलाम : इलामको माइजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु प्रत्यक्ष देखिएको छ। वन्यजन्तु फोटोग्राफर देवेन खरेलले क्यामरामा कैद...

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1109 shares
    Share 444 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.