Saturday, June 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
in समाचार
0
लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की
49
SHARES
Share on FacebookShare on Twitter

झापा ” कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूऔषध दुर्व्यसन र मौसमजन्य विपद् नेपालका गम्भीर चुनौतीका रूपमा देखापरेको भन्दै यसको रोकथाम तथा न्यूनीकरणका लागि राज्य, स्थानीय तह, सुरक्षा निकाय, विद्यालय र अभिभावकसहित सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोडमा आयोजना गरेको ‘लागूऔषधविरूद्ध झापा अभियान–२०८३’को शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसनको प्रभाव घर–घरमा पुगिसकेको उल्लेख गर्दै प्रत्येक अभिभावकले आफ्ना छोराछोरीको गतिविधिप्रति सजग रहनुपर्ने बताए।

नेपाल–भारत खुला सीमाना लागूऔषध नियन्त्रणमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले एक समय सीमावर्ती क्षेत्रमा सीमित रहेको दुर्व्यसन अहिले तराई हुँदै पहाड र हिमाली जिल्लासम्म फैलिएको बताए।

मुख्यमन्त्री कार्कीले प्राकृतिक तथा मानव सिर्जित विपद् दुवैको जोखिम बढ्दै गएको उल्लेख गर्दै विपद् व्यवस्थापन र पूर्वतयारीमा सबै निकायबीच समन्वय आवश्यक रहेको बताए। घटना भएपछि मात्र होइन, घटना हुन नदिनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

उनले झापा, मोरङ र सुनसरीमा लागूऔषध प्रयोगकर्ताको संख्या चिन्ताजनक रहेकाले प्रदेशस्तरीय समन्वित योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

आगामी आर्थिक वर्षको बजेटमा मेचीनगरको धाइजन र विराटनगरको रानीस्थित कोरोना होल्डिङ सेन्टरलाई लागूऔषध दुर्व्यसनीहरूको पुनःस्थापना केन्द्रका रूपमा सञ्चालन गर्ने प्रस्ताव समावेश गरिएको जानकारी दिँदै उनले यसबारे सुरक्षा निकाय र प्रशासनसँग छलफल भइसकेको बताए।

पुनःस्थापना केन्द्र सञ्चालनमा निजी क्षेत्रबाट सञ्चालित सुधार केन्द्रको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय तहलाई पनि बजेट तथा कार्यक्रममा यस्ता योजना समावेश गर्न आग्रह गरे।

मुख्यमन्त्री कार्कीले अभिभावक, विद्यालय, प्याब्सन, एन–प्याब्सनलगायत शैक्षिक संस्थाहरूले विद्यार्थीको व्यवहार र गतिविधिमाथि निरन्तर निगरानी राख्नुपर्नेमा जोड दिए।

उनले आफ्नो पहिलो कार्यकालमा सुरु गरिएको ‘म अघि बढ्छु’ कार्यक्रम आगामी आर्थिक वर्षदेखि पुनः सञ्चालन गरिने जानकारी दिँदै प्रदेशका करिब दुई हजार विद्यालयमार्फत लाखौँ विद्यार्थीमा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाइने बताए।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले झापा प्रहरीले थालेको लागूऔषध नियन्त्रण अभियानलाई सफल बनाउन कोशी प्रदेश सरकार बजेट, नीति र कार्यक्रममार्फत आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

Tags: #लागूऔषधहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु
समाचार

झापाको बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

झापा : झापाको कन्काई नगरपालिका–८ स्थित बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कन्काई–१ की ५ वर्षीया...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी सम्पत्तिको संरक्षण, कर्मचारीहरूको सेवा–सुविधा तथा आर्थिक अनुशासनसँग सम्बन्धित विषयमा गम्भीर...

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

असार ६, २०८३
इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

असार ६, २०८३
भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

असार ६, २०८३
सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

असार ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

असार ६, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

झापाको बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु

असार ६, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

असार ६, २०८३
इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

असार ६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन