Monday, June 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

रासस by रासस
असार ८, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम
52
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ।

स्थानीय सामग्रीहरूको व्यापक प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका विभिन्न संरचनाहरू धमाधम निर्माण भइरहेका छन्।

मेची राजमार्ग नजिकै दृश्यावलोकनका लागि उपयुक्त स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ। माङहिम परिसरमा सोह्रौँ राष्ट्रराष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमासमेत स्थापना भएपछि यो स्थान धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अझ बढी प्रवर्द्धन भएको हो।

यसै साता इलामको माङ्सेबुङबाट महागुरु फाल्गुनन्दको साढे सात फिट अग्लो प्रतिमा ल्याएर यहाँ स्थापना गरिएको हिलिहाङ–६ का वडाध्यक्ष गणेशप्रसाद योङहाङले जानकारी दिए।

एउटै ढुङ्गा बुट्टा काटेर बनाइएको उक्त प्रतिमा वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको आज्ञाअनुसार स्थापना गरिएको हो। प्रतिमा निर्माणमा मात्रै १५ लाख रुपैयाँ खर्च भएको र माङहिममा ल्याएर स्थापित गर्न थप तीन लाख रुपैयाँ लागेको वडाध्यक्ष योङहाङले बताए।

स्थानीयस्तरमै पाइने विशेष प्रकारका ढुङ्गा काटेर माङहिम र अग्निकुण्डका संरचना निर्माण गरिएकाले काम सम्पन्न हुन लामो समय लागेको र यसले गर्दा लागत पनि बढेको छ।

आत्मा पवित्र गुराँसे माङहिम विगत नौ वर्षदेखि निर्माणाधीन अवस्थामा छ। विसं २०७३ सालमा साविकको भारपा गाविस हुँदा २५ हजार रुपैयाँको न्यून बजेटबाट यो माङहिम निर्माण सुरु भएको थियो।

माङहिम निर्माणका लागि स्थानीय काजीमान योङहाङका छोरा कविन्द्र योङहाङले चार रोपनी, राजकुमार योङहाङले चार रोपनी र श्रीप्रसाद योङहाङले आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए।

माङहिम निर्माणमा हालसम्म करिब एक करोड रुपैयाँ लगानी भइसकेको छ। कुल एक करोड ५० लाख रुपैयाँको लागतमा माङहिमका संरचना निर्माण गर्ने डीपीआर बनेकाले अझै धेरै रकम आवश्यक रहेको वडाध्यक्ष योङहाङले उल्लेख गरे।

उनका अनुसार माङहिमको भित्री संरचना, सिँढीमार्ग, घेराबारा तथा ढलानका कामहरू अझै बाँकी रहेका छन्।

माङहिम निर्माणाधीन क्षेत्र नजिकै लिम्बूवानका अन्तिम राजा हिलिहाङका फौज बस्ने गरेको ऐतिहासिक स्थान ‘पुलुथुम्की’ समेत रहेको छ। पुलुथुम्कीमा पनि आवश्यक पर्यटकीय संरचना निर्माण गरी समग्र क्षेत्रलाई नै पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्य निर्माण समितिले राखेको छ।

माङहिम निर्माणका लागि आवश्यक अधिकांश रकम विभिन्न सङ्घसंस्था, दानवीर व्यक्तिहरू र विदेशमा रहेका तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दिएको दानबाट जुटाइएको हो।

यसमा हिलिहाङ गाउँपालिकाले समेत केही लगानी गर्दै आएको छ। अब वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा गुरुआमा पवित्रहाङ्मा लिङ्देनबाट प्रतिमा अनावरण र माङहिमको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको छ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाले माङहिमको विकासमा सक्दो लगानी गरिरहेको बताए। तर, प्रदेश र सङ्घीय सरकारबाट थप लगानी प्राप्त हुन नसक्दा सोचेअनुसारका संरचनाहरू द्रुत गतिमा निर्माण गर्न नसकिएको अध्यक्ष अधिकारीको भनाइ छ।

Tags: #पाँचथर
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन
FEATURE BREAKING

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

by टाकुरा न्यूज । इटहरी
असार ८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको पाइएको छ ।...

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता
विविध

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

by रासस
असार ८, २०८३
0

झापा : मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दामा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भन्ने चिन्ता सधैँ...

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

असार ८, २०८३
हात्ती प्रभावित क्षेत्र झापामा सुपारी खेती बन्यो किसानको भरोसाको आधार

हात्ती प्रभावित क्षेत्र झापामा सुपारी खेती बन्यो किसानको भरोसाको आधार

असार ८, २०८३
बाढीपहिरोका कारण कोशी प्रदेशका ५ जिल्लाका सडक अवरुद्ध, केहीमा वैकल्पिक मार्ग सञ्चालन

अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभामा तीन परिवार विस्थापित

असार ८, २०८३
कोसी टप्पु वन्यजन्तु आरक्षको घाँसे मैदानमा अर्ना

चराको स्वर्ग कोशीटप्पुमा पर्यटकको आकर्षण बढ्दो

असार ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

असार ८, २०८३
छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

असार ८, २०८३
गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

असार ८, २०८३
विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

असार ८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.