Monday, August 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
in विविध, समाचार
0
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु
53
SHARES
Share on FacebookShare on Twitter

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर (प्रशामक सेवा) विस्तार गर्ने उद्देश्यले पाँचदिने ‘इन्टिग्रेटेड प्यालियेटिभ एन्ड हस्पिस केयर एसेन्सियल्स’ कार्यशाला सुरु भएको छ।

दीर्घरोगीका लागि आवश्यक प्रशामक सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशाला सोमबारदेखि सुरु भएको हो। कार्यशाला नेपाल हस्पिस केयर सेन्टरको आयोजनामा तथा बीपी प्रतिष्ठानको स्टुडेन्ट्स अन्कोलोजी विङको संयोजनमा भइरहेको छ।

कार्यशालामा टु वर्ल्ड्स क्यान्सर कोल्याबोरेसन (क्यानडा), रोटरी इन्टरनेसनल, रोटरी क्लब अफ काठमाडौँ काष्ठमण्डप, बीपी प्रतिष्ठान, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र धरान उपमहानगरपालिकाको सहयोग रहेको छ।

उद्घाटन कार्यक्रममा प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा. डा. रोबिन मास्केले स्वागत गरेका थिए भने मेडिकल अन्कोलोजी युनिटकी इन्चार्ज तथा मेडिकल अन्कोलोजिस्ट डा। सोनिया दुलालले कार्यशालाको उद्देश्य र रूपरेखा प्रस्तुत गरेकी थिइन्।

डा. विष्णु श्रेष्ठले प्यालियेटिभ तथा हस्पिस केयरको अवधारणाबारे जानकारी दिएका थिए। प्रतिष्ठानकी उपकुलपति प्रा. डा. स्मृति कार्कीले कार्यशालाको औपचारिक उद्घाटन गरेकी थिइन्।

कार्यक्रममा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बू, निवर्तमान उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ, निवर्तमान रेक्टर प्रा. डा. सञ्जीवकुमार शर्मा, विभिन्न विभाग तथा शाखाका प्रमुख, शिक्षक, कर्मचारी र विद्यार्थीको उपस्थिति थियो।

कार्यशालामा नेपाल हस्पिस केयर सेन्टर तथा नेपाल एसोसिएसन अफ प्यालियेटिभ केयरका अध्यक्ष प्रा. डा. विष्णुदत्त पौडेल, भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा नर्स, स्वास्थ्य मन्त्रालयकी प्रतिनिधि, धरान उपमहानगरपालिकाका प्रतिनिधि, रोटरी क्लबका प्रतिनिधि तथा भारत र कोशी प्रदेशका विभिन्न अस्पतालबाट आएका स्वास्थ्यकर्मी सहभागी छन्।

उद्घाटनपछि उपकुलपति प्रा. डा. कार्कीले ‘बीपीकेआईएचएसको पूर्वी नेपालमा प्यालियेटिभ केयर सुदृढीकरण तथा विस्तारमा भूमिका’ विषयमा प्रस्तुति दिइन्। प्रा. डा. पौडेलले ‘आवश्यक प्यालियेटिभ केयर प्याकेज र चार स्तम्भमा आधारित प्यालियेटिभ केयर इकोसिस्टम’ विषयमा प्रस्तुति दिए।

त्यस्तै पूर्वरेक्टर प्रा. डा. सञ्जीवकुमार शर्माले स्वास्थ्य प्रणालीमा प्यालियेटिभ केयर एकीकरणका रणनीतिबारे प्रस्तुति दिएका थिए। डा. सोनिया दुलाल र प्रतिष्ठानकी प्यालियेटिभ केयर नर्स रोजिता शाक्यले धरानमा बीपी प्रतिष्ठानले सञ्चालन गरेको घरमै आधारित हस्पिस केयर सेवाको प्रभावबारे प्रस्तुति दिए।

कार्यक्रमको अन्तिम सत्रमा ‘प्यालियेटिभ केयर नीतिगत ढाँचा, चुनौती, सोच तथा प्रदेश र स्थानीय सरकारको प्रतिबद्धता’ विषयमा प्यानल छलफल गरिएको थियो।

पाँच दिनसम्म सञ्चालन हुने कार्यशालाले कोशी प्रदेशमा क्यान्सर तथा अन्य दीर्घरोगबाट प्रभावित बिरामीका लागि अस्पतालमा मात्र नभई समुदाय र घरमै समेत आवश्यक प्रशामक सेवा विस्तार गर्न स्वास्थ्यकर्मीको क्षमता विकासमा जोड दिने आयोजकले जनाएको छ।

Tags: #धरान#वीपी प्रतिष्ठानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै
FEATURE BREAKING

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताको शव एक सातादेखि त्रिवि...

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–२ पशुपति चोकबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र...

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३
‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती’ कार्यक्रम

कफी खेतीमा भोजपुरको भविष्य खोज्दै किसान, नगरपालिकाको दुई करोडभन्दा बढी लगानी

साउन २५, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

सङ्खुवासभामा ग्यास कालोबजारी, एक व्यवसायीलाई पक्राउ

साउन २५, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच जना घाइते

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

साउन २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    440 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन