Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

रासस by रासस
असार ९, २०८३
in विविध, समाचार
0
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
59
SHARES
Share on FacebookShare on Twitter

झापा : पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ।

सोमबारदेखि सञ्चालनमा आएको यस एकाइमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै स्थानबाट संयुक्त रूपमा यात्रुका सामानको परीक्षण गर्ने व्यवस्थाको शुभारम्भ गरेका हुन्। योसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बन्द भएको ‘एकीकृत जाँच एकाइ’ झन्डै १० महिनापछि पुनः सञ्चालनमा आएको हो। मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा नाका भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत दार्जिलिङ जिल्लाको पानीट्याङ्कीसँग जोडिएको नेपालको व्यस्त अन्तर्राष्ट्रिय प्रवेशद्वार हो।

यस नाकाबाट दैनिक हजारौँ यात्रु आवतजावत तथा ठूलो परिमाणमा मालवस्तु ओसारपसार हुने भएकाले प्रभावकारी जाँच प्रणालीको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो।

यसअघि मेची भन्सार कार्यालय परिसरमा अत्याधुनिक ‘एक्स–रे’ मेसिनसहित एकद्वार भन्सार जाँच प्रणाली सञ्चालनमा थियो। भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एउटै स्थानबाट संयुक्त रूपमा निगरानी गर्दा चोरी–तस्करी नियन्त्रणमा सहयोग पुग्नुका साथै यात्रुले सहज सेवा पाउँदै आएका थिए।

तर, गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा उक्त संरचनामा आगजनी भएपछि जाँच प्रणाली पूर्ण रूपमा प्रभावित भएको थियो।

भवन तथा उपकरणमा क्षति पुगेपछि सम्बन्धित निकायले छुट्टाछुट्टै स्थानबाट चेकजाँच गर्दै आएका थिए। यसले यात्रुलाई पटक–पटक सामान देखाउनुपर्ने अवस्था सिर्जना गर्नुका साथै सुरक्षा निकायबीच समन्वयमा चुनौती उत्पन्न भएको थियो।

उक्त एकाइ सञ्चालनमा आएको अवसरमा मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपाने, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक निशेष चापागाईं तथा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका गणपति सशस्त्र प्रहरी उपरीक्षक विकास थापाले संयुक्त रूपमा इकाई सञ्चालनमा आएको घोषणा गरेका हुन्।

हाल जाँचस्थलमा ‘एक्स–रे’ मेसिन भने जडान गरिएको छैन। सम्बन्धित निकायले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै पुनः मेसिन सञ्चालनमा ल्याउने जानकारी दिएका छन्।

सीमा नाकामा एकीकृत जाँच प्रणाली पुनः सञ्चालनमा आएसँगै भन्सार छली, न्यून मूल्याङ्कन तथा अवैध ओसारपसार नियन्त्रणमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

एउटै स्थानमा आवश्यक प्रक्रिया पूरा गर्न सकिने भएपछि समयको बचत हुनुका साथै प्रशासनिक झन्झटसमेत घट्ने मेची भन्सार प्रमुख न्यौपानेको भनाइ छ।

Tags: #झापानाकापूर्वी नाका
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै
FEATURE BREAKING

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताको शव एक सातादेखि त्रिवि...

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु
विविध

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर (प्रशामक सेवा) विस्तार गर्ने उद्देश्यले पाँचदिने...

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३
‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती’ कार्यक्रम

कफी खेतीमा भोजपुरको भविष्य खोज्दै किसान, नगरपालिकाको दुई करोडभन्दा बढी लगानी

साउन २५, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

सङ्खुवासभामा ग्यास कालोबजारी, एक व्यवसायीलाई पक्राउ

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

साउन २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    441 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.