इटहरी : नयाँ आर्थिक वर्ष २०८३।८४ सुरु भएसँगै इटहरी उपमहानगरपालिकाका सबै राजस्वसम्बन्धी सेवा सात दिनका लागि पूर्ण रूपमा बन्द हुने भएका छन्।
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लाई नयाँ आर्थिक ऐनअनुसार अद्यावधिक गर्नुपर्ने भएपछि साउन १ गतेदेखि ७ गतेसम्म कर तथा शुल्क संकलन रोकिएको हो।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको कार्यालयसहित मातहतका सबै वडा कार्यालयबाट प्रदान हुने घरजग्गा कर, सम्पत्ति कर, व्यवसाय कर, सिफारिस शुल्कलगायत सबै राजस्व सेवा उक्त अवधिभर उपलब्ध हुने छैन।
आर्थिक ऐन, २०८३ अनुसारका नयाँ कर तथा शुल्कको व्यवस्था सूत्र प्रणालीमा प्रविष्ट गर्ने प्राविधिक कार्य भइरहेकाले सेवा अस्थायी रूपमा स्थगित गर्नुपरेको उपमहानगरपालिकाले जनाएको छ।




















Discussion about this post