Monday, August 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८३
in FEATURE BREAKING, समाचार
0
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी
51
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनलाई लिएर नेकपा (एमाले)भित्र देखिएको विवाद तत्कालका लागि शीर्ष नेतृत्वको तहबाट समाधान गर्ने सहमति भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री परिवर्तन चाहेका भए पनि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संस्थागत निर्णयबिना पद नछाड्ने अडान लिएपछि विवाद पेचिलो बनेको हो।

विवाद समाधानका लागि सोमबार बसेको एमाले कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूको बैठकमा पार्टी सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले विषयलाई शीर्ष नेतृत्वसँगको छलफलबाट टुंग्याइने बताएका छन्।

बैठकमा मुख्यमन्त्री कार्कीसहित एमाले कोशी अध्यक्ष घनश्याम खतिवडा, संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो, प्रमुख सचेतक रमेश बस्नेतसहित २५ जना प्रदेशसभा सदस्य सहभागी थिए।

बैठकमा सहभागी एक प्रदेशसभा सदस्यका अनुसार इन्चार्ज राईले पार्टीभित्रको विवाद पार्टीभित्रै समाधान गर्नुपर्ने प्रस्ताव राखेका थिए।

एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष ओलीले कोशीको मुख्यमन्त्रीमा उपनेता मेन्याङ्बोलाई अघि सार्ने इच्छा व्यक्त गरेका छन्। तर मुख्यमन्त्री कार्कीले आफूलाई पार्टीको औपचारिक निर्णय प्राप्त नभएको र संस्थागत प्रक्रिया पूरा नभएसम्म राजीनामा नदिने स्पष्ट अडान लिएका छन्।

कार्कीले पद नछाड्ने अडान लिएपछि संसदीय दलको नेता परिवर्तन गर्ने विकल्पसमेत छलफलमा आएको थियो। तर त्यसमा पनि संवैधानिक र राजनीतिक जटिलता देखिएपछि शीर्ष नेताहरूकै तहबाट निकास खोज्ने सहमति भएको एमाले स्रोतले जनाएको छ।

प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले शीर्ष नेतृत्वले समाधान खोज्ने बताएपछि बैठकमा अन्य सदस्यले धारणा नराखेको बताए।

मुख्यमन्त्री कार्की मंगलबार शीर्ष नेताहरूसँग छलफलका लागि काठमाडौं जाने तयारीमा छन्। इन्चार्ज राईले अध्यक्षको निर्देशन कार्यान्वयनमा केही संवैधानिक जटिलता देखिएकाले एकदेखि डेढ साताभित्र समस्याको समाधान निकालिने बताएका छन्।

बैठकपछि मुख्यमन्त्री कार्कीले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने सहमति भएको र सरकार तथा पार्टी सञ्चालनमा देखिएका विषयहरू शीर्ष नेतृत्वको निर्णयअनुसार अघि बढ्ने प्रतिक्रिया दिएका छन्।

Tags: कोसी प्रदेशहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
FEATURE BREAKING

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८३
0

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागू रहेको निषेध आदेश पूर्ण रूपमा हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
विविध

पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु

by रासस
साउन १८, २०८३
0

झापा : कन्काई नगरपालिका–४ कोटीहोममा पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान...

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३
इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

साउन १८, २०८३
सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

साउन १८, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

साउन १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु

साउन १८, २०८३
चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन