इटहरी : गुरुकुल मिडिया प्रालिद्वारा सञ्चालित टाकुरा न्यूजले आफ्नो समाचार तथा साहित्यिक सामग्रीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले नयाँ जिम्मेवारी बाँडफाँड गरेको छ ।
नयाँ जिम्मेवारीअनुसार पुष्प पराजुली (अभिमन्यु अभिजित)लाई समाचार संयोजक तथा राज भट्टराईलाई साहित्यिक संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
पाठक तथा स्रष्टाहरूलाई अझ विश्वसनीय, सन्तुलित र गुणस्तरीय सामग्री उपलब्ध गराउने विश्वासका साथ समाचार संयोजकको जिम्मेवारी पराजुलीले सम्हाल्नेछन् भने भट्टराईले कविता, कथा, निबन्ध, समीक्षा तथा अन्य साहित्यिक सामग्रीको व्यवस्थापन र प्रकाशनको समन्वय गर्नेछन् ।
इटहरीमा रहेर पत्रकारिता तथा अध्यापन गरिरहेका पराजुली र साहित्य सर्जक भट्टराईलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
टाकुरा न्यूजका सम्पादक अर्जुन उप्रेतीले पराजुली र भट्टराईलाई स्वागत गर्दै रचनात्मक साामग्रीको सम्प्रेषणमा सघाउ पुग्ने बताए ।
आफ्नो प्रकाशनको आठौँ वर्ष पूरा गरी नवौँ वर्षको पूर्वसन्ध्यामा यसअघि सम्पादकमा इटहरीका अग्रज पत्रकार तथा लेखक अर्जुन कुमार उप्रेती नियुक्त भएका छन् ।
इटहरीमा रहेर कोशी प्रदेशस्तरीय समाचार सम्प्रेषण गर्दै आएको टाकुरा न्यूज लोकप्रिय सञ्चारमाध्यम बन्दै गएको छ ।












Discussion about this post