सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको घटनामा प्रहरीले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
प्रहरीले पक्राउ परेको व्यक्तिको पहिचान खुलाएको छैन । प्रधानाध्यापक राईमाथि बिहीबार राति गोली प्रहार भएको हो ।
विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।
सिलिचोङ गाउँपालिका–५ याफु घर भएका प्रधानाध्यापक राई सोही विद्यालयमा बस्दै आएका थिए । उनी एक वर्षदेखि करारमा कार्यरत थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post