इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।
प्रहरी टोलीले भदौ २१ गते बिहान करिब १० बजे सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसचोकमा चेकजाँचका क्रममा अन्दाजी एक लाख २ हजार रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको हो।
भारतबाट भन्सार छली ल्याइएको उक्त सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई राखिएको प्रहरीले जनाएको छ। प्रहरीले बरामद सामग्रीको सम्बन्धमा थप आवश्यक प्रक्रिया अघि बढाएको पनि प्रहरीले जनाएको छ।
त्यस्तै देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट प्रहरीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याई लुकाइछिपाई राखिएको युरिया मलसहित मोटरसाइकल बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय देवानगञ्ज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भदौ २१ गते बिहान ९ः१५ बजे मध्यहर्षाही क्षेत्रमा चेकजाँच तथा निगरानी गर्ने क्रममा १ लाख ६६ हजार ३०० रुपैयाँ बराबरको १२८ बोरा युरिया मल बरामद गरेको हो।
प्रहरीले मलसँगै को. ५ प. ९१२० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको युरिया मल र मोटरसाइकल आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाइएको प्रहरीले जनाएको छ।












Discussion about this post