उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ । गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।
काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ । उहाँ २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठन हुँदा संस्थापक सचिवको जिम्मेवारीमा रहनुभएको थियो ।
काफ्लेले तत्कालीन समयमा ‘त्रियुगा अर्धसाप्ताहिक’ नामक पत्रिका प्रकाशन गर्दै पत्रकारितामा योगदान पुर्याउनुभएको थियो । उहाँ विगत एक वर्षदेखि पक्षघात, सुगर प्रेसर तथा नसा सम्बन्धी गम्भीर बिरामी भई अचेत अवस्थामा रहनुभएको थियो ।
उहाँको निधनले नेपाली पत्रकारिता जगतले सिद्धान्तनिष्ठ तथा व्यावसायिक पत्रकार र नेपाल पत्रकार महासंघले सक्रिय अभिभावक गुमाएको महासंघले जनाएको छ ।
स्वर्गीय काफ्लेको श्रीमती, दुई छोरा र दुई छोरी छन् । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सचिव तुलसीप्रसाद कोइरालाले जारी गर्नुभएको शोक वक्तव्यमा स्वर्गीय काफ्लेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।












Discussion about this post