धनकुटा । धनकुटाको साँगुरीगढी नगरपालिका-७ बाट १ हजार २४० किलो ६०० ग्राम गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रण लिएको छ ।
भदौ २३ गते राति ११ बजे प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरी टोलीले कोशी लोकमार्गमा भेडेटारतर्फ आउदै गरेको ना. ४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा ३८ वटा प्लाष्टिकको बोरामा प्याक गरि राखेको १ हजार २४० किलो ६०० ग्राम गाँजा बरामद भएको थियो ।
गाँजा बरामद भएसँगै उक्त ट्रक नियन्त्रणमा लिई अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।












Discussion about this post