Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
in FEATURE BREAKING, समाचार
0
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी
54
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मनोविज्ञ तथा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्टार डा किशोर अधिकारीले कानुन पढने विद्यार्थी न्यायको नेतृत्वकर्ताभएकोले आफनो आचारण व्यावहारिक बनाउन जोड दिनुपर्ने बताएका छन्।

मनमोहन कानुन अध्यन केन्द्रको तेस्रो वर्षका प्रथम सेमेष्टरका विद्यार्थीहरुलाई बिहीबार विराटनगरमा अभिमुखीकरणका क्रममा मनोविज्ञ अधिकारीले कानुन धेरै पढेर मात्र सफल व्यावसायिक लयर्स बन्न सकिँदैन भन्दै विद्यार्थी कालदेखि नै आफ्नो व्यवहार परिवर्तमा चासो दिन आग्रह गरे ।

विद्यार्थीहरुलाई उत्प्रेरणा दिँदै रजिष्टार उनले भने, ‘मनमोहन विश्वविद्यालयमा कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता पनि हो । यसैले आफ्नो आचारण व्यावहारिक बनाउन जोड दिनैपर्छ ।’

मनोपरामर्श चिकित्साविज्ञ अधिकारीले विश्वमा सफल कानुन व्यवसायीहरुको हैसियत सम्मानपूर्ण रहेको तर त्यसका लागि कानुन पढ्ने विद्यार्थीहरूलाई आफ्नो सही निर्णय लिने क्षमता, मानवीय अभिरुचि र व्यावसायिक आचारण असल बनाउन सक्नुपर्ने बताए ।

अधिकारीले मनमोहन विश्वविद्यालयले सधै विद्यार्थीलाई नै पहिलो प्राथमिकता दिएर शैक्षिक कार्यक्रम र आफ्ना गतिविधि सञ्चालन गरिरहेकोले चाँडै दक्षिण एसियाको मानचित्रमा मनमोहन विश्वविद्यालय चिनिन सफल हुने दावी गरे ।

प्रमुख उत्प्रेरक वक्त्ता भारतको पश्चिम बङ्गालस्थित कुचविहारको इण्डियन ईन्स्टिच्युट अफ लिगल स्टडिजकी प्रमुख कानुनविद् डा जयती खर्गाले कानुनी शिक्षा केवल कानुनका धारा र सिद्धान्तमा सीमित नभई न्याय, नैतिकता र सामाजिक जिम्मेवारीसँग जोडिनुपर्नेमा जोड दिइन् ।

उनका अनुसार भविष्यका सफल कानुन व्यवसायीमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक दक्षता, आलोचनात्मक सोच र सामाजिक न्यायप्रतिको प्रतिबद्धतासमेत आवश्यक हुनुपर्ने बताइन् ।

कानुन र न्यायको सम्बन्ध अदालतमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले समाजका हरेक क्षेत्रमा समानता, मानव गरिमा र न्यायको संरक्षण आवश्यक रहेको औँल्याइन् । कानुनी शिक्षाले विद्यार्थीलाई केवल पेशागत रूपमा सक्षम बनाउने मात्र नभएर समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवार नेतृत्वकर्ताका रूपमा पनि तयार गर्ने प्रष्ट पारिन् ।

मनमोहन कानुन अध्ययन केन्द्रका प्राचार्य कोषराज न्यौपानेले मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्ना कमकमजोरीहरू ढाकछोप नगर्ने बरु पारदर्शी बनाएर सुधार गर्दै जाने बताए । यसैका लागि विश्वविद्यालयले क्युआर प्रविधिबाट हरेक विद्यार्थी र अभिभावक वा अन्य जो कोहीले पनि उच्च स्तरसम्म शैक्षिक कार्यक्रम र अनुशासनका बारे गुनासो र सुझाव दर्ता गराउन सक्ने बताए ।

विश्विद्यालयका परीक्षा नियन्त्रक भीमप्रसाद काफ्लेले विद्यार्थीहरुलाई समयमै परीक्षा र परीक्षाफलको नीति लिएको मनमोहनले अनुशासनमा कुनै सम्झौता गर्न नसक्ने बताए ।

अभिभावक तुलसी नेपालले काठमाडौँ पढाउन पठाउनुपर्ने आफ्ना सन्तानलाई आफनै प्रदेशको कानुन कलेजमा पढाउन पाउँदा गर्व लागेको बताए । उनले विश्वविद्यालयको परीक्षा प्रणाली र अध्यापन अध्पापन देशमै उत्कृष्ट भएको दाबी गरे ।

अभिमुखीकरण कार्यक्रममा मनमोहन कानुन कलेजले विद्यार्थीहरुलाई सहुलिय र जेहेन्दार छात्रवृत्ति पनि वितरण गरेको थियो ।

विश्वविद्यालयको मनमोहन इन्स्टिच्युट अफ लले तीन वर्षदेखि कानुनमा स्नातक तहको पाँचवर्षे बिबिए एलएलबी र अपराध कानुनमा दुई वर्ष एलएलएम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Tags: मनमाेहन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती
FEATURE BREAKING

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

by अर्जुन उप्रेती
भदौ २५, २०८३
0

सुनसरी : भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। हिमाली क्षेत्रमा...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    325 shares
    Share 130 Tweet 81
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.