उदयपुर । उदयपुर जिल्ला खेलकुद विकास समितिको सदस्यमा चौदण्डीगढी नगरपालिका–७, बेल्टारका युवा समाजसेवी अनुपराज खत्री मनोनीत भएका छन् । खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका खत्रीलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धिरज खड्काले सदस्यमा मनोनीत गरेका हुन् ।
खत्रीले यसअघि चौदण्डीगढी नगर खेलकुद विकास समितिमा रहेर खेलकुद तथा सामाजिक क्षेत्रमा काम गर्दै आएका थिए । स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रोत्साहन तथा विभिन्न खेलकुद गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खत्रीलाई जिल्ला समितिमा समेटिएको हो ।
नवगठित जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा धिरज खड्का र उपाध्यक्षमा कल्पना राई रहेका छन् । समितिका सदस्यहरूमा अनुपराज खत्रीसहित सुवास बिष्ट, विपिन भट्टराई, शान्ति चौधरी, राजकुमारी राई र जनसेरी राई रहेका छन् ।
असारमा गठन भएको जिल्ला खेलकुद विकास समितिले करिब चार महिनापछि पूर्णता पाएको हो । समितिले पूर्णता पाएसँगै जिल्लाको खेलकुद क्षेत्रलाई थप व्यवस्थित र गतिशील बनाउने अपेक्षा गरिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खेलाडी तथा खेलकुदसँग सम्बन्धित संस्थासँग समन्वय गर्दै खेलकुद गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी समितिमा आएको छ । खत्रीको मनोनयनसँगै चौदण्डीगढी क्षेत्रको खेलकुद विकासमा थप समन्वय र प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ ।
समितिका पदाधिकारी तथा सदस्यहरूले जिल्लामा खेलकुदको वातावरण विस्तार, प्रतिभावान् खेलाडीको पहिचान र प्रोत्साहन तथा खेलकुद पूर्वाधार विकासका लागि आवश्यक पहल गर्ने बताएका छन् ।

















Discussion about this post