Sunday, November 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

माधव पोख्रेल by माधव पोख्रेल
अशोज १५, २०८३
in खेलकुद, समाचार
0
जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत
65
SHARES
Share on FacebookShare on Twitter

 उदयपुर । उदयपुर जिल्ला खेलकुद विकास समितिको सदस्यमा चौदण्डीगढी नगरपालिका–७, बेल्टारका युवा समाजसेवी अनुपराज खत्री मनोनीत भएका छन् । खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका खत्रीलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धिरज खड्काले सदस्यमा मनोनीत गरेका हुन् ।

खत्रीले यसअघि चौदण्डीगढी नगर खेलकुद विकास समितिमा रहेर खेलकुद तथा सामाजिक क्षेत्रमा काम गर्दै आएका थिए । स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रोत्साहन तथा विभिन्न खेलकुद गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खत्रीलाई जिल्ला समितिमा समेटिएको हो ।

नवगठित जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा धिरज खड्का र उपाध्यक्षमा कल्पना राई रहेका छन् । समितिका सदस्यहरूमा अनुपराज खत्रीसहित सुवास बिष्ट, विपिन भट्टराई, शान्ति चौधरी, राजकुमारी राई र जनसेरी राई रहेका छन् ।

असारमा गठन भएको जिल्ला खेलकुद विकास समितिले करिब चार महिनापछि पूर्णता पाएको हो । समितिले पूर्णता पाएसँगै जिल्लाको खेलकुद क्षेत्रलाई थप व्यवस्थित र गतिशील बनाउने अपेक्षा गरिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खेलाडी तथा खेलकुदसँग सम्बन्धित संस्थासँग समन्वय गर्दै खेलकुद गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी समितिमा आएको छ । खत्रीको मनोनयनसँगै चौदण्डीगढी क्षेत्रको खेलकुद विकासमा थप समन्वय र प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ ।

समितिका पदाधिकारी तथा सदस्यहरूले जिल्लामा खेलकुदको वातावरण विस्तार, प्रतिभावान् खेलाडीको पहिचान र प्रोत्साहन तथा खेलकुद पूर्वाधार विकासका लागि आवश्यक पहल गर्ने बताएका छन् ।

Tags: जिल्ला खेलकुद विकास समितिसुनसरी जिल्ला खेलकुद विकास समिति
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने
समाचार

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

by माधव पोख्रेल
मंसिर ६, २०८३
0

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्क क्षेत्रमा विश्वकर्मा मन्दिर निर्माण हुने भएको छ। सुनचाँदी व्यवसायी संघ उदयपुरको पहलमा...

१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या
समाचार

१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

by माधव पोख्रेल
मंसिर ६, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा १५० जना विद्यार्थीमा मोतियाबिन्दुको समस्या देखिएको...

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

मंसिर ५, २०८३
राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

मंसिर ५, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्तीको डरले रातभर जाग्राम, पाकेको बाली जोगाउनै मुस्किल

मंसिर ५, २०८३
नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

मंसिर ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

मंसिर ६, २०८३
१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

मंसिर ६, २०८३
भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

मंसिर ५, २०८३
राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

मंसिर ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1110 shares
    Share 444 Tweet 278
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    848 shares
    Share 339 Tweet 212
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    339 shares
    Share 136 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.