Wednesday, October 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

सुनसरीको फुटबल इतिहास : भकुन्डोदेखि ‘ए’ डिभिजनसम्म

अर्जुन उप्रेती by अर्जुन उप्रेती
अशोज २०, २०८३
in FEATURE BREAKING, खेलकुद, टाकुरा विशेष, समाचार
0
सुनसरीको फुटबल इतिहास : भकुन्डोदेखि ‘ए’ डिभिजनसम्म
83
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : आज सुनसरीलाई फुटबलको उर्वरभूमि भन्दा अतिशयोक्ति हुँदैन । धरानको पुरानो फुटबल संस्कार, इटहरीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुगेको खेलाडी उत्पादन, दुहबीको क्लब संस्कृति र इनरुवाको स्थानीय प्रतियोगिताले जिल्लाको फुटबल यात्रालाई फराकिलो बनाएको छ ।

यही माटोबाट राजुकाजी शाक्य, सुरेन्द्र तामाङ, रितेश थापा, श्याम मानन्धर, प्रकाश बुढाथोकी, प्रवेश कुँवर दनुवार लगायतका खेलाडी राष्ट्रिय तथा ‘ए’ डिभिजन क्लबमा पुगे । तर सुनसरीको फुटबल इतिहास केही चर्चित खेलाडीको कथा होइन । यो गाउँ–टोलमा खेलिएको ‘भकुन्डो’, विद्यालयका मैदान, स्थानीय क्लब, गोल्डकप, जिल्ला लिग र काठमाडौंका शीर्ष क्लबमा स्थान बनाउने पुस्ताको कथा हो ।

धरान 

सुनसरी फुटबलको पुरानो केन्द्र सुनसरीको फुटबल इतिहासमा धरानको नाम सबैभन्दा अगाडि आउँछ । ब्रिटिस गोर्खा सैनिकको प्रभाव र खेलकुदप्रतिको पुरानो संस्कारका कारण धरानमा फुटबलले अन्य धेरै ठाउँभन्दा पहिले बलियो सामाजिक आधार बनाएको देखिन्छ । पुराना खेलाडीहरूको सम्झनामा धरानमा टोल–टोलमा मैदान र फुटबल खेल्ने वातावरण थियो ।

यही वातावरणले धरानलाई कुनै समय ‘फुटबलको सहर’को पहिचान दिलायो । धरानबाट राष्ट्रिय फुटबलमा पुगेका सबैभन्दा ऐतिहासिक नाममध्ये राजुकाजी शाक्य प्रमुख हुन् ।

शाक्यले १५ वर्षको उमेरदेखि स्थानीय तथा क्षेत्रीय फुटबलमा सक्रिय भएका थिए । रोचक पक्ष के हो भने उनी धरान–११ को पहिलो टोलीमा छनोट हुन सकेनन् तर दोस्रो टोलीबाट खेल्दै उनले आफ्नो क्षमता निखारे । पछि जनकपुर चुरोट कारखानाको टोलीमा छनोट हुन धरानबाट बाहिरिए र त्यहीँबाट उनको व्यावसायिक यात्राले गति लियो ।

शाक्यको क्लब करिअरमा न्यु रोड टिम (एन.आर.टि.), भिक्टोरिया एससी र इस्ट एन्ड क्लबजस्ता टोली देखिन्छन् । उनी वि.सं.२०३७ देखि २०५४ साल सम्म नेपाली राष्ट्रिय टोलीमा रहे र लामो समय कप्तानको भूमिकामा पनि रहे । उनको पुस्ताले धरानको नाम राष्ट्रिय फुटबलमा स्थापित ग¥यो ।

बुढासुब्बा गोल्डकप 

धरानको फुटबल पहिचानको अर्को अध्याय धरानमा बुढासुब्बा गोल्डकप सुरु भएपछि स्थानीय फुटबल संस्कारले अर्काे रूप लियो ।

प्रतियोगिताले देशका चर्चित ‘ए’ डिभिजन क्लब र खेलाडीलाई धरानमा ल्यायो । वि.सं.२०५५ सालदेखि बुढासुब्बा गोल्डकप आयोजना हुँदै आएको पाइन्छ । यसले धरानका स्थानीय खेलाडीलाई राष्ट्रिय स्तरका खेलाडीहरूसँग खेल्ने र आफूलाई प्रमाणित गर्ने अवसर दियो ।

धरानबाट पछि मिलन राई, प्रकाश बुढाथोकी जस्ता खेलाडी पनि शीर्ष डिभिजनसम्म पुगे । धरानमा जन्मिएका प्रकाश बुढाथोकीले वि.सं.२०६८ देखि २०७० साल सम्म फ्रेन्डस क्लबबाट र त्यसपछि थ्री स्टार क्लबबाट २०७० सालदेखि २०७५ साल सम्म ‘ए’ डिभिजन फुटबल खेलेका थिए । उनले राष्ट्रिय टोलीका लागि पनि खेले । राजुकाजीको पुस्ताबाट सुरु भएको धरानका खेलाडीको शीर्ष डिभिजन यात्रा पछिल्ला पुस्तासम्म आइपुग्यो ।

इटहरी

स्थानीय मैदानबाट राष्ट्रिय रंगमञ्चसम्म यदि धरानलाई सुनसरीको पुरानो फुटबल केन्द्र मान्ने हो भने इटहरीले त्यसलाई अर्को पुस्तामा विस्तार ग¥यो। इटहरीका अग्रज खेलाडीका अनुसार वि.सं. २०१५ साल आसपास राजनीतिक तथा सामाजिक परिवर्तनसँगै फुटबल इटहरीमा पनि फैलिन थालेको थियो ।

त्यसबेला अहिलेको जस्तो व्यवस्थित फुटबल संरचना थिएन, ‘भकुन्डो’ भनेर खेलिने खेल बिस्तारै विद्यालय, टोल र मैदान हुँदै प्रतियोगितामा प्रवेश गरेको थियो ।

इटहरीको सानो जनता स्कुलको खेलमैदानले धेरै पुस्ताका खेलाडी उत्पादन ग¥यो । यही मैदानबाट राष्ट्रियस्तरमा पुगेका खेलाडीहरूको लामो सूचीमा रामकुमार सुब्बा, रामकुमार सुवेदी, राम याख्खा, मधु रिमाल, अर्जुन कार्की, अशोक थापा, पूर्ण तामाङ, देवेन्द्र बाँस्तोला, दानबहादुर फुयाल, योगेन्द्र सुब्बा, सुरेन्द्र तामाङ, रितेश थापा, डेनी राई, निर्जल श्रेष्ठ, कमल बस्नेत, कब्बु राई, सन्दीप थापामगर, दिवस राई, दिलकुमार तामाङ, शिव चौधरी र श्याम मानन्धर लगायतका नाम उल्लेख गरिएको छ ।

श्याम मानन्धर : इटहरीको प्रारम्भिक ‘ए’ डिभिजन पुस्ता इटहरीको फुटबल इतिहासमा श्याम मानन्धर महत्वपूर्ण खेलाडी हुन् ।

मानन्धर वि.सं. २०५४ सालमा थ्री स्टार क्लबबाट खेल्दै राष्ट्रियस्तरको फुटबलमा चर्चित बने । थ्री स्टारबाट मानन्धरले एएफसी क्लब च्याम्पियनसिपमा समेत खेलेका थिए । उनको पुस्ताले इटहरीका खेलाडी काठमाडौंका ठूला क्लबमा जान सक्छन् भन्ने बाटो देखायो ।

सुरेन्द्र तामाङ : इटहरीको ‘ए’ डिभिजन स्वर्ण अध्याय इटहरी फुटबलको सबैभन्दा चर्चित नाममध्ये एक हुन् सुरेन्द्र तामाङ । तामाङले वि.सं. २०५७ सालबाट थ्री स्टार क्लबसँग व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए । उनी थ्री स्टारमा करिब एक दशक रहे र क्लबका कप्तानसमेत बने ।

वि.सं.२०५७ को ‘ए’ डिभिजन लिगको तथ्यांकमा सुरेन्द्र तामाङ थ्री स्टारका लागि खेलेको र ६ गोल गरेको देखिन्छ । उनको करिअरको अर्को ठूलो उपलब्धि बि.स.२०६० को शहीद स्मारक ‘ए’ डिभिजन लिग हो । त्यस संस्करणमा सुरेन्द्र तामाङ १५ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोलको आँकडा पूरा गर्ने थोरै नेपाली खेलाडीमध्ये सुरेन्द्र तामाङ एक हुन् । उनी राष्ट्रिय टोलीका स्ट्राइकरका रूपमा करिब पाँच वर्ष रहेर व्यावसायिक फुटबल खेले । राष्ट्रिय टोलीबाट उनले बि.स.२०६१ को साफ च्याम्पियनसिपमा गोल गरेका थिए ।

त्यही वर्ष एसिया कप छनोटमा दक्षिण कोरियाविरुद्धको खेलमा इटहरीका अर्का खेलाडी रितेश थापासँगै सुरेन्द्र मैदानमा थिए । यस अर्थमा सुरेन्द्र तामाङ इटहरीका ‘ए’ डिभिजन खेलाडी मात्र रहेनन्, इटहरीलाई अन्तर्राष्ट्रिय फुटबलको मैदानमा चिनाउने पुस्ताका प्रतिनिधि बने । सुरेन्द्रसँगै रितेश थापा इटहरीका चर्चित राष्ट्रियस्तरका खेलाडी हुन् ।

इटहरीबाट राष्ट्रिय फुटबलमा पुगेका खेलाडीको सूचीमा रितेश थापाको नाम उल्लेख छ । वि.सं.२०६० मा दक्षिण कोरियाविरुद्धको एसिया कप छनोट खेलमा उनी सुरेन्द्र तामाङसँगै नेपाली टोलीमा थिए । यसले इटहरीको फुटबललाई स्थानीय प्रतियोगिताबाट राष्ट्रिय टोलीसम्म पु¥याएको पुस्ताको प्रतिनिधित्व गर्दछ ।

इटहरीबाट राष्ट्रिय स्तरमा पुग्ने अर्का खेलाडी हुन् प्रवेश कुँवर दनुवार, नयाँ पुस्ताको ए–डिभिजन यात्रामा इटहरीको फुटबल उत्पादन रोकिएन । त्यसको अर्को उदाहरण प्रवेश कुँवर दनुवार हुन् । इटहरीमा जन्मिएका प्रवेशले वि.सं.२०७५ को शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट ९ खेल खेलेका थिए । यसले इटहरीको खेलाडी उत्पादन एउटा पुस्तामा सीमित नभएको देखाउँछ ।

दुहबी 

इलेभेन एरोजबाट बनेको फुटबल क्लब सुनसरीको फुटबल नक्सामा दुहबीको पहिचान हो । दुहबीको फुटबल इतिहास क्लब फुटबल र गोल्डकपसँग जोडिएको छ । दुहबीको इलेभेन एरोज क्लब स्थानीय फुटबलको महत्वपूर्ण संस्था बनेको छ । क्लबले आफ्नै मैदानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोली सहभागी हुने दुहबी गोल्डकप आयोजना गर्दै फुटबल खेललाई प्रवर्धन गरिरहेको छ ।

वि.सं. २०७४ को दोस्रो मनमोहन दुहबी गोल्डकपमा इलेभेन एरोज क्लब आयोजक टोलीका रूपमा सहभागी थियो र प्रतियोगितामा मनाङ मस्र्याङ्दी, आर्मी, चर्च ब्वाइज, झापा–११, मोरङ–११ तथा बंगलादेशको टोलीसमेत सहभागी थिए । दुहबीको फुटबल संरचना अहिले पनि सक्रिय छ ।

वि.सं.२०८१ को सुनसरी जिल्ला ‘ए’ डिभिजन लिगमा इलेभेन एरोज क्लब दुहबी सहभागी थियो । उद्घाटन खेलमै इलेभेन एरोजले इटहरीको ब्वाईज फुटबल क्लबसँग प्रतिस्पर्धा गरेको थियो । दुहबीमा वडा तहको फुटबल पनि बलियो छ । वि.सं .२०७५,७७,७८ र २०८० मा दुहबी मेयर कप तथा अन्तरवडा प्रतियोगिताहरू सञ्चालन भएको थियो । हाल दुहबीमा रंगशाला निर्माण र ग्रासरुटबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने योजनालाई पनि प्राथमिकता दिइएको छ ।

इनरुवा 

सुनसरीको सदरमुकाम इनरुवा पनि फुटबलको लामो स्थानीय संस्कार भएको ठाउँ हो । यहाँको जेल मैदान लगायत स्थानीय मैदानमा फुटबल प्रतियोगिता सञ्चालन हुदै आएको छ । वि.सं.२०७७ मा इनरुवामा, इनरुवा नकआउट फुटबल प्रतियोगिता आयोजना भएको थियो, जसमा पचायन एफसी, जनसहयोग क्लब, गोल्डेन स्टार एफसी र रामधुनी एफसीजस्ता टोली सहभागी थिए ।

यद्यपि, धरान र इटहरीको तुलनामा इनरुवाबाट राष्ट्रिय ‘ए’ डिभिजनसम्म पुगेका खेलाडीको व्यवस्थित सार्वजनिक अभिलेख निकै कम भेटिन्छ ।

त्यसैले इनरुवालाई स्थानीय तथा जिल्ला तहको फुटबलको महत्वपूर्ण आधार क्षेत्रका रूपमा योगदान गर्ने क्षेत्रका रूपमा व्याख्या गर्नु उपयुक्त हुन्छ । सुनसरीको फुटबलमा जिल्ला लिगको भूमिका स्थानीय प्रतिभालाई माथिल्लो तहमा पु¥याउने अर्को महत्वपूर्ण माध्यम सुनसरी जिल्ला लिग हो । वि.सं.२०७५ मा दुई वर्षपछि सुनसरी जिल्ला ‘ए’ डिभिजन लिग आयोजना भयो ।

प्रतियोगिता इटहरी र धरानमा सञ्चालन गरिएको थियो । इटहरी क्षेत्रमा राष्ट्रिय जागृति क्लब, इलेभेन एरोज, इटहरी फुटबल क्लब, ब्वाईज क्लब, गोल्डेन स्टार क्लब तथा धरान क्षेत्रमा धरान फुटबल क्लब, गोधुली, टेम्के, न्यु स्टार र संयुक्त युवा क्लब सहभागी थिए ।

अन्ततः धरान फुटबल क्लबले राष्ट्रिय जागृति क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो र प्रदेश लिगका लागि छनोट भयो । यसअघि पनि जिल्ला लिगमा धरान र इटहरीका क्लबबीचको प्रतिस्पर्धाले सुनसरीको फुटबलमा दुई प्रमुख केन्द्रबीचको प्रतिस्पर्धा देखाउँदै आएको छ ।

सुनसरीको फुटबल इतिहासलाई हेर्दा धरान र इटहरी दुई अलग तर परस्पर जोडिएका फुटबल केन्द्रका रूपमा देखिन्छन् । धरानले पुरानो फुटबल संस्कार, स्थानीय प्रतियोगिता र बुढासुब्बा गोल्डकपमार्फत खेलाडी उत्पादन ग¥यो ।

राजुकाजी शाक्य जस्ता खेलाडीले राष्ट्रिय टोलीसम्म पुग्ने बाटो बनायो । त्यसपछि मिलन राई, प्रकाश बुढाथोकी लगायतका पुस्ताले त्यो परम्परालाई निरन्तरता दिए । इटहरीले विद्यालय, स्थानीय क्लब र गोल्डकपमार्फत खेलाडी उत्पादन ग¥यो । श्याम मानन्धर, सुरेन्द्र तामाङ र रितेश थापाको पुस्ताले इटहरीलाई राष्ट्रिय फुटबलको नक्सामा बलियोसँग स्थापित ग¥यो ।

त्यसपछि प्रवेश कुँवर दनुवार लगायतका खेलाडीले ‘ए’ डिभिजनको यात्रामा निरन्तर राखे । दुहबीले इलेभेन एरोज क्लब र गोल्डकप मार्फत राष्ट्रिय क्लबलाई स्थानीय मैदानमा ल्यायो भने इनरुवाले स्थानीय प्रतियोगितामार्फत आधार तहको फुटबललाई जोगाइरहेको छ ।

अबको फुटबल

सुनसरीबाट फेरि अर्को सुरेन्द्र कहिले ? सुनसरीसँग मैदान छन्, क्लब छन्, दर्शक छन् र फुटबलप्रतिको पुरानो मोह पनि छ । तर पुरानो पुस्ताले जस्तो निरन्तर रूपमा ‘ए’ डिभिजनमा खेलाडी पठाउने क्षमता कायम राख्नु निक्कै ठुलो चुनौती देखिएको छ ।

धरानको फुटबलबारे हालैका विश्लेषणहरूले पनि विगतमा ‘ए’ डिभिजनमा धरानका खेलाडीको बाक्लो उपस्थिति भए पनि पछिल्लो समय नयाँ खेलाडी उत्पादन र खेलाडीको काठमाडौं गएर शीर्ष डिभिजन खेल्ने इच्छामा कमी देखिदैँ आएको छ ।

यही चुनौती इटहरी, दुहबी र इनरुवामा पनि लागू हुन्छ । स्थानीय प्रतियोगिता मात्र पर्याप्त हुँदैन । ग्रासरुट प्रशिक्षण → विद्यालय फुटबल → जिल्ला लिग → प्रदेश लिग → बी डिभिजन → ए डिभिजनसम्म जाने स्पष्ट संरचना आवश्यक हुन्छ । इटहरीमा सुरेन्द्र तामाङ स्वयं अहिले नयाँ पुस्तालाई प्रशिक्षण दिने काममा सक्रिय छन् ।

इटहरी फुटबल एकाडेमीले ६–१४ वर्षका बालबालिकादेखि १५ वर्षमाथिका खेलाडीलाई प्रशिक्षण दिने गरेको र सुरेन्द्र तामाङ प्रशिक्षक तथा श्याम मानन्धर र राजकुमार श्रेष्ठ सहायक प्रशिक्षकका रूपमा जोडिएर योगदान गरिरहेका छन् ।

जसले इटहरीको जनता माविको खेलमैदानबाट फुटबल सिके, उनीहरूले नै अहिले नयाँ पुस्तालाई मैदानमा फुटबल सिकाइरहेका छन् ।

सुनसरीको फुटबल इतिहास एउटा खेलको इतिहास मात्र होइन, धरानको पुरानो मैदानदेखि इटहरीको जनता माविको खेलमैदान, दुहबीको इलेभेन एरोज र इनरुवाको स्थानीय मैदानसम्म फैलिएको सामाजिक इतिहास छ ।

राजुकाजी शाक्यले धरानबाट राष्ट्रिय फुटबलको ढोका खोले, श्याम मानन्धरले इटहरीबाट शीर्ष क्लबको यात्रा देखाए, सुरेन्द्र तामाङले थ्री स्टारबाट एक दशकभन्दा बढी समय खेल्दै इटहरीको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानमा पु¥याए, रितेश थापा र त्यसपछिका प्रकाश बुढाथोकी, प्रवेश कुँवर दनुवार तथा मिलन राईजस्ता खेलाडीले सुनसरीको त्यो फुटबल परम्परालाई निरन्तरता दिए ।

आज प्रश्न यति मात्र होइन, सुनसरीले फेरि कति राष्ट्रिय खेलाडी उत्पादन गर्छ ? प्रश्न यो पनि हो । धरान, इटहरी, दुहबी र इनरुवाले मिलेर त्यस्तो संरचना बनाउन सक्छन् कि सक्दैनन्, जहाँ स्थानीय मैदानमा सिकेको बच्चाले एक दिन शहीद स्मारक ‘ए’ डिभिजनको मैदानसम्म पुग्ने निश्चित बाटो पाओस् ?

सुनसरीको फुटबल इतिहासले एउटा कुरा प्रमाणित गरिसकेको छ कि, प्रतिभाको कमी यहाँ कहिल्यै थिएन, चुनौती प्रतिभालाई लामो समयसम्म टिक्ने संरचना दिने हो ।

Tags: #खेलकुदअर्जुन उप्रेतीटाकुरा विशेष
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद
विविध

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

by टाकुरा न्यूज । इटहरी
अशोज २०, २०८३
0

सुनसरी : सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले अवैध रूपमा ल्याइएको १५ लाख २० हजार रुपैयाँ बराबरको वाटरमेलन सीड्स (खरबुजाको बीउ) बरामद...

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता
टाकुरा विशेष

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

by रासस
अशोज २०, २०८३
0

सुनसरी : धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय...

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

अशोज २०, २०८३
भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

अशोज २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङ र उदयपुरमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

अशोज २०, २०८३
नागरिक समाज इटहरीको अध्यक्षमा दोर्णबहादुर न्यौपाने

नागरिक समाज इटहरीको अध्यक्षमा दोर्णबहादुर न्यौपाने

अशोज २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

अशोज २०, २०८३
साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

अशोज २०, २०८३
दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

अशोज २०, २०८३
भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

अशोज २०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    966 shares
    Share 386 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.