इटहरी : सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले बुधबार साँझ स्कुटरसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी–१९ पटेरुवा बस्ने १९ वर्षीय अमन चौधरी रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी तरहराबाट खटिएको संयुक्त प्रहरी टोलीले पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर रोकी जाँच गर्ने क्रममा चौधरीको साथबाट ब्राउनसुगर ५०० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी नडाहाबाट खटिएको संयुक्त टोलीले शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट ८२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
ब्राउनसुगरसहित पक्राउ पर्नेमा बराहक्षेत्र–३ का १८ वर्षीय रमित राजधामी, २२ वर्षीय पुजन राजधामी र १९ वर्षीय समिर राजधामी रहेका छन् ।
दुवै घटनामा पक्राउ परेकालाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
















Discussion about this post