Thursday, November 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

झापा : हात्तीको बथान नेपाल छिर्न नदिन सीमामा सुरक्षा घेरा

रासस by रासस
कार्तिक २६, २०८३
in FEATURE BREAKING, पर्यावरण, समाचार
0
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
50
SHARES
Share on FacebookShare on Twitter

झापा : मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएकोे जानकारी दिए ।

हात्तीको प्रवेशलाई पूर्ण रूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, ¥यापिड रेस्पोन्स टिमलगायत विभिन्न सङ्घसंस्था र स्थानीय किसानहरू सक्रिय रूपमा परिचालन भएका छन् ।

सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयवासीले हात्तीलाई नेपालतर्फ प्रवेश गर्न नदिन विभिन्न उपकरण र सवारीसाधनको प्रयोग गरी निगरानी तथा रोकथामको कार्य गरिरहेका छन् ।

रोकथाम तथा नियन्त्रणका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरी बलका दुईवटा ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरी बलका एक–एकवटा साइरन जडित सवारीसाधन, नेपाल प्रहरीको एउटा ठूलो साइरन तथा ९० भन्दा बढी ठूला लाइट प्रयोगमा ल्याइएको छ ।

त्यसैगरी, गस्ती र निगरानीलाई प्रभावकारी बनाउन तीनवटा ट्याक्टर तथा १० भन्दा बढी मोटरसाइकल पनि परिचालन गरिएको उनले बताए । सम्भावित जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई पर्याप्त सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

Tags: #झापा#हात्तीमावन–हात्ती द्वन्द्व
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक २६, २०८३
0

इनरुवा : सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते...

धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए
समाचार

धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए

by टाकुरा न्यूज । इटहरी
कार्तिक २५, २०८३
0

इटहरी : सुनसरीमा लागूऔषधविरुद्धको कारबाहीका क्रममा तीन जना पक्राउ परेका छन्। प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध बरामद गर्नुका साथै जेनजी आन्दोलनका...

पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात

झापामा ३९ लाख ७८ हजारको भारतीय फूलमाला बरामद

कार्तिक २५, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा सरकारी कामकाजको भाषा ऐन आजदेखि कार्यान्वयनमा

कार्तिक २५, २०८३
आज भाइटीका, ११ः२ बजे उत्तम साइत

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

कार्तिक २५, २०८३
जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

कार्तिक २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्तीको बथान नेपाल छिर्न नदिन सीमामा सुरक्षा घेरा

कार्तिक २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

कार्तिक २६, २०८३
धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए

धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए

कार्तिक २५, २०८३
पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात

झापामा ३९ लाख ७८ हजारको भारतीय फूलमाला बरामद

कार्तिक २५, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1085 shares
    Share 434 Tweet 271
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    336 shares
    Share 134 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.