उदयपुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले कार्तिक महिना भरीमा ४८ थान विभिन्न प्रकृतिका मुद्दा दर्ता गरी ३९ जना फरार प्रतिवादी पक्राउ गरी कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कार्तिक महिनामा जम्मा ४८ थान मुद्दा दर्ता गरेकोमा सामान्य प्रकृतिको मुद्दा २४ थान, गम्भिर प्रकृतिको २३ र जघन्य प्रकृतिको १ थान मुद्दा दर्ता गरेको जनाएको छ ।
चालु ४८ थान मुद्दाका ३१ प्रतिवादी र ८ जना फरार प्रतिवादी गरी जम्मा ३९ जना प्रतिवादी पक्राउ गरी आवश्यक कानुनी कारबाही भइरहेको जनाउँदै महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको कसुरमा ३ थान मुद्दा दर्ता भएकामा महिला सम्बन्धी १ थान र बालबालिका सम्बन्धी २ थान मुद्दा दर्ता भएको जनाएको छ ।
यसैगरी आर्थिक अपराधका मुद्दामा बैकिङ कसुरका मुद्दामा ४ वटा मुद्दा दर्ता भएकामा अनुचित लेनदेनमा २ थान र बैकिङ कसुमा २ थान मुद्दा रहेको छ ।
फैसला कार्यान्वयनतर्फ १४ जना फरार प्रतिवादी पक्राउ गरी कैद सजायमा ११ महिना भुक्तान गर्न र २ हजार १ सय २८ रुपैयाँ नगद जरिवाना असुलीका लागि जिल्ला अदालत उदयपुरमा पेश गरिएको प्रहरीको भनाइ छ ।
महिला कालबालिका तथा जेष्ठ नागरिक तर्फको घरेलु हिंसामा १ थान उजुरी परेको र १ जना पीडकलाई आवश्यक कारबाहीका लागि नियन्त्रण लिएर अनुसन्धान भएको छ ।
यसैगरी एक महिनाको अवधिमा १७ जना मानिस हराएका छन् । जसमध्ये ९ जना महिला, ४ जना पुरुष, २ बालक र २ बालिका रहेकामा १४ जना फेला परेका छन् । फेला पर्नेमा ८ जना महिला, २ जना पुरुष, २ जना बालक र २ जना बालिका रहेको प्रहरीको भनाइ छ ।
यस्तै घरेलु हिंसातर्फ १ थान मुद्दा दर्ता भएकोमा शारीरिक मानसिक यातना रहेको, १ थान उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय उदयपुरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।















Discussion about this post