Friday, November 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ३, २०८३
in विविध, समाचार
0
नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन
60
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कान, नाक र घाँटी (ईएनटी) उपचारमा प्रयोग भइरहेका नयाँ प्रविधि र शल्यक्रियाका विधिबारे चिकित्सकलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले विराटनगर र इटहरीमा विशेषज्ञहरूको भेला हुने भएको छ ।

सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपाल (एसओएल नेपाल)को दशौँ राष्ट्रिय सम्मेलनको अवसरमा मंसिर ४ गते शुक्रबार विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा प्रत्यक्ष शल्यक्रिया कार्यशाला आयोजना गरिने भएको छ । त्यसको भोलिपल्टदेखि इटहरीमा दुईदिने राष्ट्रिय सम्मेलन सुरु हुनेछ ।

विराट मेडिकल कलेज र एसओएल नेपालको सहकार्यमा हुने कार्यशालामा कानको एन्डोस्कोपिक शल्यक्रिया, एडेनोटन्सिलेक्टोमी तथा ईएनटी उपचारमा बोटक्सको प्रयोगसम्बन्धी विधि प्रत्यक्ष प्रदर्शन गरिने आयोजकले जनाएको छ । कार्यशाला बिहान ९ बजे अस्पतालको छैटौँ तलास्थित केन्द्रीय सभाकक्षमा सुरु हुनेछ ।

कार्यशालामा इन्डोहोल्ड (जस्टट्याच) प्रविधिको प्रयोगसहित एन्डोस्कोपिक कान शल्यक्रियाको अभ्यास प्रदर्शन गरिनेछ । यसका साथै एन्डोस्कोपिक कोब्लेसन एडेनोटन्सिलेक्टोमी र ईएनटी उपचारमा बोटक्सको प्रयोगबारे पनि चिकित्सकलाई जानकारी दिइनेछ ।

कार्यशालापछि मंसिर ५ र ६ गते इटहरीस्थित रमदा होटलमा सम्मेलन हुनेछ ।

‘ईएनटी उपचारमा नवीनता, पहुँच र उत्कृष्टता’ भन्ने सन्देशसहित आयोजना हुने सम्मेलनमा २५० भन्दा बढी नेपाली तथा आठ जना विदेशी विशेषज्ञ चिकित्सक सहभागी हुने आयोजकको भनाइ छ । सम्मेलनमा १२० वटा कार्यपत्र प्रस्तुत गरिनेछन् ।

सम्मेलनले अनुभवी विशेषज्ञबीच ज्ञान आदानप्रदानसँगै युवा चिकित्सक र आवासीय चिकित्सकलाई आफ्नो सीप तथा अनुसन्धान प्रस्तुत गर्ने अवसरसमेत दिनेछ । उनीहरूका लागि सीप अभिवृद्धिसम्बन्धी कार्यशाला र पोस्टर प्रस्तुतीकरणका कार्यक्रम पनि राखिएका छन् ।

आयोजक समितिका सचिव डा. राजीव साहका अनुसार सम्मेलनले ईएनटी उपचारमा विकसित प्रविधि, उपचारको पहुँच र चिकित्सकीय अभ्यासका नयाँ पक्षबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ ।

Tags: चिकित्सक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच
FEATURE BREAKING

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

by माधव पोख्रेल
मंसिर ४, २०८३
0

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिकाले विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरी नगर क्षेत्रका ६ वटा विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा
निर्वाचन

कोशीका पाँच जिल्लाका १३ जनप्रतिनिधिको पद रिक्त

by टाकुरा न्यूज । इटहरी
मंसिर ३, २०८३
0

इटहरी : जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित कोशी प्रदेशका पाँच जिल्लाका १३ जनप्रतिनिधिको...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

झापामा तीन महिनामै आगलागीका ४५ घटना

मंसिर ३, २०८३
उदयपुरमा एक महिनामै ४८ मुद्दा दर्ता

उदयपुरमा एक महिनामै ४८ मुद्दा दर्ता

मंसिर ३, २०८३
दुई दशकपछि नयाँ एल्बमसहित पुनः दर्शकमाझ आउँदै इटहरीको नेक्सस ब्यान्ड

दुई दशकपछि नयाँ एल्बमसहित पुनः दर्शकमाझ आउँदै इटहरीको नेक्सस ब्यान्ड

मंसिर ३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

मंसिर ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

मंसिर ४, २०८३
बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा

कोशीका पाँच जिल्लाका १३ जनप्रतिनिधिको पद रिक्त

मंसिर ३, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

झापामा तीन महिनामै आगलागीका ४५ घटना

मंसिर ३, २०८३
नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

मंसिर ३, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1002 shares
    Share 401 Tweet 251
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    847 shares
    Share 339 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    517 shares
    Share 207 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    388 shares
    Share 155 Tweet 97

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन