Sunday, November 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

संघीयतापछिको विराटनगरको एक दशक : विकास र नेतृत्वको दस्तावेज सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ६, २०८३
in FEATURE BREAKING, समाचार
0
संघीयतापछिको विराटनगरको एक दशक : विकास र नेतृत्वको दस्तावेज सार्वजनिक
49
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : संघीयता कार्यान्वयनपछि विराटनगर महानगरपालिकाले तय गरेको एक दशक लामो विकास यात्रा, स्थानीय सरकारको अभ्यास र उपलब्धिलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ ।

विराटनगर महानगरपालिका वडा नं. ११ ले प्रकाशन गरेको ‘महानगरका दश वर्ष अनुभव र उपलब्धि’ नामक पुस्तक आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपाली, कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादव, महानगरपालिकाकी पूर्व उपप्रमुख इन्दिरा कार्की, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह र अर्थशास्त्री डा. भेषप्रसाद धमलालगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।

पुस्तकले संघीयता कार्यान्वयनपछिको विराटनगरको विकासक्रम, स्थानीय सरकारको कार्यसम्पादन, नेतृत्वको भूमिका र हासिल भएका उपलब्धिलाई दस्तावेजका रूपमा प्रस्तुत गरेको छ । महानगरको विगतलाई अभिलेखीकरण गर्दै वर्तमानको समीक्षा र भविष्यको कार्यदिशा पहिल्याउन पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ ।

पुस्तक सार्वजनिक गर्दै महानगर प्रमुख नागेश कोइरालाले यसलाई विराटनगरको इतिहास, विकासक्रम र स्थानीय शासन प्रणाली बुझ्न सघाउने महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा व्याख्या गरे । उनका अनुसार पुस्तक वर्तमान पुस्ताका लागि मात्रै नभई भावी पुस्ताले पनि महानगरको विगत, विकासका विभिन्न चरण र नेतृत्वको योगदान बुझ्न सक्ने आधार बन्नेछ ।

स्थानीय सरकार कसरी सञ्चालन हुन्छ, विभिन्न कालखण्डमा नेतृत्वले कस्तो भूमिका निर्वाह गरे र विकासका प्रयास कसरी अघि बढे भन्ने विषयको अध्ययनका लागि पनि पुस्तक महत्वपूर्ण हुने कोइरालाको भनाइ थियो ।

उपप्रमुख शिल्पा निराला कार्कीले पुस्तकले महानगरको एक दशकको अनुभव र उपलब्धिलाई अभिलेखबद्ध गरेको बताइन् । विगतका अभ्यास र अनुभवको अध्ययनले आगामी दिनमा योजना निर्माण, नीतिगत सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

पुस्तक प्रकाशन समितिका संयोजक तथा वडा नं. ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले पुस्तक प्रकाशन गर्ने वडाको योजनालाई महानगर कार्यपालिकाले अनुमोदन गरेकोमा आभार व्यक्त गरे । उनले पछिल्लो एक दशकमा महानगरले गरेका अभ्यास, प्रयास, उपलब्धि र चुनौतीलाई समग्रतामा समेट्ने प्रयास गरिएको बताए ।

पुस्तकका सम्पादक तथा वरिष्ठ पत्रकार यज्ञ शर्माले विराटनगरको स्थानीय शासन र विकासको अनुभव समेटिएको पुस्तक अन्य स्थानीय तहका जनप्रतिनिधि, नीतिनिर्माता, अनुसन्धानकर्ता तथा आम नागरिकका लागि समेत उपयोगी हुने बताए । स्थानीय तहको अभ्यास र अनुभवलाई दस्तावेजीकरण गर्ने कामले भविष्यमा नीति निर्माण र विकासका प्राथमिकता निर्धारण गर्न सघाउने उनको भनाइ थियो ।

पुस्तकमा संघीयतामा स्थानीय तहको भूमिका, विराटनगर महानगरपालिकाको परिचय, स्थापनाकालदेखि हालसम्मको नेतृत्व र योगदानको समीक्षा समेटिएको छ । त्यस्तै, संघीयतापछिका महानगर प्रमुख तथा उपप्रमुखसँगका अन्तर्वार्ता, वडा कार्यालयहरूको अवस्था, महानगरका १९ वटै वडाको परिचय र पछिल्लो एक दशकमा भएका विकासका प्रयास, उपलब्धि तथा चुनौतीलाई पनि पुस्तकमा समावेश गरिएको छ ।

सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रियसभा सदस्य खेम नेपाली, संविधानसभा सदस्य जयराम यादव, महानगरपालिकाकी पूर्व उपप्रमुख इन्दिरा कार्की, महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह, अर्थशास्त्री डा. भेषप्रसाद धमलालगायतले पुस्तकको विषयवस्तु र महत्वमाथि चर्चा गरेका थिए ।

विराटनगर महानगरपालिका वडा नं. ११ ले यसअघि पनि ‘वडा परिचय’ नामक पुस्तक प्रकाशन गरेको थियो । वडाध्यक्ष न्यौपाने २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएका हुन् ।

Tags: #विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने
विविध

भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने

by टाकुरा न्यूज । इटहरी
मंसिर ६, २०८३
0

विराटनगर : लामो समयदेखि अलपत्र परेको भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीको चुहार मोटरेबल पुल निर्माणको काम अघि बढेको छ...

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने
समाचार

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

by माधव पोख्रेल
मंसिर ६, २०८३
0

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्क क्षेत्रमा विश्वकर्मा मन्दिर निर्माण हुने भएको छ। सुनचाँदी व्यवसायी संघ उदयपुरको पहलमा...

१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

मंसिर ६, २०८३
भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

मंसिर ५, २०८३
राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

मंसिर ५, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्तीको डरले रातभर जाग्राम, पाकेको बाली जोगाउनै मुस्किल

मंसिर ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने

भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने

मंसिर ६, २०८३
संघीयतापछिको विराटनगरको एक दशक : विकास र नेतृत्वको दस्तावेज सार्वजनिक

संघीयतापछिको विराटनगरको एक दशक : विकास र नेतृत्वको दस्तावेज सार्वजनिक

मंसिर ६, २०८३
त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

मंसिर ६, २०८३
१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

मंसिर ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1113 shares
    Share 445 Tweet 278
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    848 shares
    Share 339 Tweet 212
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.