प्रदेश १ मा आज थप ३६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण हुनेमा मोरंगमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा १०, पथरीशनिश्चरे र कटहरीमा ५–५, बेलबारीमा ३, धनपालथान, रतुवामाई, ग्रामथान, रंगेली र केराबारीमा २–२, बुढीगंगा, कानेपोखरी र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरि सुनसरीको धरानमा ८१, इटहरीमा २५, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनीमा ३, भोक्राहानरसिंह र दुवहीमा १–१, झापाको दमकमा ३१, विर्तामोडमा १०, गौरादह र भद्रपुरमा ५–५, गौरीगञ्जमा ४, बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कमलगाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै उदयपुरको कटारीमा ५, चौदण्डीगढी, त्रियुगा र स्थानीयतह नखुलेका १–१, धनकुटामा २, इलामको चुलाचुलीमा २, पाँचथरको मिक्लाजुङमा १, भोजपुरमा १, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या २० हजार १५४ पुगेको छ भने आज १६० जना डिस्चार्ज भएका छन् ।













Discussion about this post