Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

रासस by रासस
असार ८, २०८३
in विविध, समाचार
0
छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता
61
SHARES
Share on FacebookShare on Twitter

झापा : मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दामा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भन्ने चिन्ता सधैँ हुने गरेको छ ।

स्थानीय भूपेन्द्र तामाङलाई भने यो समस्याले सताउन छाडेको छ । पेसाले इन्जिनियर तामाङले वन्यजन्तुले क्षति पुर्‍याउन नसक्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती सुरु गरेपछि उनको यो प्रयास झापामा लोभलाग्दो कृषि क्रान्ति बनेको छ ।

इन्जिनियर तामाङले टुकु कृषि फार्म दर्ता गरी छ वर्षअघि दुई बिघा निजी जग्गामा ३०० वटा ‘मेकाडामिया नट्स’का बिरुवा रोपेका थिए ।

पोखरास्थित कृषि अनुसन्धान केन्द्रबाट प्रतिगोटा रु दुई सयका दरले बिरुवा खरिद गरेर ल्याएका उनले नेपालमा पहिलोपटक यति ठुलो क्षेत्रफलमा ‘मेकाडामिया नट्स’ को व्यावसायिक खेती सुरु गरेका हुन् ।

ओमेगा–१, ओमेगा–२ र ओमेगा–३ जस्ता पोषक तत्त्व प्रचुर मात्रामा पाइने भएकाले अन्तर्राष्ट्रिय बजारमा ‘मेकाडामिया नट्स’लाई महँगो फल मानिन्छ ।

जङ्गलको छेउमा खेतबारी भएकाले कुन बाली सुरक्षित होला भनी खोजी गर्ने क्रममा आफूले यसको बारेमा थाहा पाएको तामाङले बताए ।

“न बाँदरले टोकेर खान सक्छ, न हात्तीको सुँढले सोहोर्न सक्छ भन्ने थाहा पाएपछि पोखरा पुगेर बिरुवा ल्याएँ”, खेती सुरु गर्दाको अनुभव साझा गर्दै उनले भने, “यसको बोटको पातमा काँडा हुने र फल अत्यन्तै कडा हुने भएकाले वन्यजन्तुले यसलाई बिर्गान सक्दैनन् । पोथ्रे बोटमा झुप्पा बनेर फल्ने यो फल भदौमा पाक्ने गर्दछ, जसलाई चराचुरुङ्गीलेसमेत क्षति पुर्‍याउन सक्दैनन् ।”

इन्जिनियर तामाङ कार्यालय अवधिबाहेकको समय र बिदाका दिन फार्ममा व्यस्त रहने गर्दछन् । उनले आफ्नो पुराना सुपारी बगानभित्र खाली रहेको स्थान उपयोग गरी मेकाडामिया रोपेका हुन् ।

उनको फार्ममा सुपारीका अतिरिक्त एक किलोभन्दा बढी तौल हुने आँप, सावर सप, आल्मन्ड, नासपाती, अमेरिकन आरु, कालो आँप, एभोकाडो, ल्वाङ, सीताफललगायत दर्जन बढी प्रजातिका फलफूल हुर्किएका छन् ।

विभिन्न प्रजातिका फलफूल भए पनि उनले ‘मेकाडामिया नट्स’लाई प्राथमिकता दिएका छन् । गत वर्षदेखि सामान्य फल्न सुरु गरेको यो खेतीले यसपालि मनग्य उत्पादन दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशस्त निर्यातको सम्भावना रहेको यो फल नेपाली बजारमा प्रतिकिलो रु दुई हजारका दरले सजिलै बिक्री हुने उनले जानकारी दिए ।

‘मेकाडामिया नट्स’को एउटा बोटले ४० देखि ६० किलोसम्म फल दिने गर्दछ । केही समयअघिको असिनापानीले उत्पादनमा सामान्य क्षति पुर्‍याए पनि यस वर्ष फार्मबाट दुई हजार किलो फल उत्पादन हुने आङ्कलन गरिएको तामाङले जानकारी दिए ।

जसबाट चालु याममा मात्रै रु ४० लाख आम्दानी हुने उनको भनाइ छ । खेती सुरु गरेदेखि हालसम्म करिब रु १४ लाख लगानी भइसकेको जनाउँदै यस वर्ष मात्रै रु २५ लाखभन्दा बढी खुद मुनाफा हुने तामाङले दाबी गरे ।

कृषि ज्ञानकेन्द्र भद्रपुरका प्रमुख सागर विष्टका अनुसार झापामा अन्यत्र यसको व्यावसायिक खेती हालसम्म भएको जानकारी छैन । बुद्धशान्ति, अर्जुनधारालगायत केही पालिकामा शौखका लागि किसानले एकाध बोट रोपेको पाइए पनि तामाङले गरेको यो खेती सरकारी निकायका लागिसमेत चासो र अध्ययनको विषय बनेको उनले बताए ।

आफ्नो फार्म पूर्ण रूपमा प्राङ्गारिक (अर्ग्यानिक) रहेको दाबी गर्दै तामाङले भने, “बिरुवालाई रोग र कीराबाट जोगाउन कुनै पनि रासायनिक विषादी र मल प्रयोग गरिएको छैन । स्थानीय मलको प्रयोगबाट भविष्यमा अर्ग्यानिक ‘मेकाडामिया नट्स’को आफ्नै नेपाली ब्रान्डिङ गर्ने तयारी गरिरहेको छु ।”

उनले जागिरबाट अवकाश पाएपछि पूर्ण रूपमा कृषि पेसामा समर्पित हुने योजनाका साथ फार्म विस्तार गरिरहेको सुनाए ।

“मूलतः अस्ट्रेलियाको जङ्गलमा उत्पत्ति भएको र ‘अस्ट्रेलियन नट्स’ समेत भनिने यो फल नेपालमा पहिलोपटक सन् १९६२ मा त्रिशूली फार्ममा भित्राइएको इतिहास छ । हाल नेपालको त्रिशूली फार्मसहित विभिन्न कृषि अनुसन्धान केन्द्र र पोखरा आसपासका क्षेत्रमा यसको खेती विस्तार भइरहेको छ”, तामाङले भने ।

‘मेकाडामिया नट्स’को बोट कडा र जराहरू झाडीजस्तो हुने भएकाले यो प्रतिकूल हावापानी, मौसम र माटोमा पनि सजिलै फस्टाउन सक्छ । यसका लागि गर्मी समयको औसत तापक्रम २५ देखि ३२ डिग्रीसेन्टिग्रेड उपयुक्त मानिने कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख विष्टले जानकारी दिए ।

झापाका विभिन्न क्षेत्रमा जङ्गली हात्ती र बाँदरले बालीनाली नष्ट गर्दा किसानहरू हैरान भइरहेका बेला इन्जिनियर तामाङले भित्राएको यो खेती जङ्गल आसपासका अन्य पीडित किसानका लागि पनि एउटा उत्कृष्ट र दिगो वैकल्पिक खेती बन्न सक्छ ।

Tags: #झापावन्यजन्तु
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार
समाचार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

by माधव पोख्रेल
अशोज १०, २०८३
0

उदयपुर : उदयपुरको कर्णाली भनेर चिनिएको कोशी किनारको गाउँपालिका लिम्चुङबुङले आफ्नो पालिकाका लागि शिक्षामा सीप पाठ्यक्रम मार्ग दर्शन ४—१२ र...

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन
FEATURE BREAKING

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

इटहरी : श्रीलंका टापुको जीवनयापन कृषिमा निर्भर छ । त्यसमा पनि पछिल्लो समय यहाँका बासिन्दाले तरकारी खेती गरेर आर्थिक क्रान्ति...

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३
सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात (तस्बिरहरू)

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

अशोज १०, २०८३
क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

अशोज ९, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बिहीबार काेशीमा एकैदिन १२ सवारी दुर्घटनामा ३० जना घाइते

अशोज ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.