इटहरीमा पीसीआर परीक्षण नहुँदा सर्वसाधारणले दुःख पाएको भन्दै तत्काल परीक्षण गर्न नागरिक समाजले माग गरेको छ ।
नागरिक समाज इटहरीका पूर्व अध्यक्ष कमलेश पौडेलले आँफूहरुले इटहरीमा पीसीआर परीक्षण गर्न तत्काल माग गरेको भएपनि मेयर उपमेयरको ध्यानाकर्षण नभएको बताए ।
उपमहानगरपालिकाले आफ्नो बजेट सकिएको र किटको बहाना देखाउँदै परीक्षण रोक्नु लज्जाको बिषय रहेको उनले बताए ।
परीक्षणको लागि अहिले धरान र बिराटनगर जानका लागि निम्नबर्गीय बृद्धबृद्धा, असाहाय, अशक्तलाई असहज हुने भएकाले तत्काल इटहरीमा परीक्षण हुनुपर्ने नागरिक समाजका अध्यक्ष सन्तबहादुर डुम्जनले बताए ।
इटहरीका जनप्रतिनिधि सस्तो चर्चामा मात्रै आउने गरेको तर जनतामुखी काम नगरेको भन्दै यसअघि पनि सर्वसाधारण मानिसहरुले तत्काल पीसीआर गर्न माग गरेका थिए ।
















Discussion about this post