प्रदेश १ मा आज थप ८५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने १५३ जना डिस्चार्ज भएका छन् ।
थपिएका संक्रमितमध्ये मोरङमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, ते¥हथुम र धनकुटामा ६–६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १८, सुन्दरहरैँचा, रंगेली र बुढीगंगामा २–२, उर्लाबारी, सुनबर्षी र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १०, इटहरीमा ६, इनरुवा र हरिनगरमा २–२, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, ताप्लेजुङको फुङलिङमा ५, पाथिभरा र श्रीजंगामा १–१, ते¥हथुमको म्याङलुङमा ६, धनकुटाको महालक्ष्मीमा ५ र साँघुरीगढीमा १, झापाको दमक र विर्तामोडमा २–२ र स्थानीय तह नखुलेका १, इलामको माईजोगमाईमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७५० पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ ।













Discussion about this post