प्रदेश १ मा आज थप ४४० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमितहरुमा सबैभन्दा बढी मोरङमा २२३ जना रहेका छन् ।
यस्तै, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४७ महिला र ७७ पुरुष छन् ।
सुन्दरहरैँचामा ३२, उर्लाबारीमा ९, बुढीगंगा र बेलबारीमा ८–८, कटहरी र मिक्लाजुङमा ६–६, रंगेली, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा ५–५, लेटाङमा ४, सुनबर्षीमा ३, ग्रामथानमा २ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा ४३, रामधुनीमा ११, धरान, बराहक्षेत्र र इनरुवामा ६–६, दुहवीमा ३, गढी, देवानगञ्ज र बर्जुमा २–२, हरिनगर, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको दमकमा १६, विर्तामोडमा १२, भद्रपुरमा १०, अर्जुनधारामा ६, गौरादहमा ५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, हल्दिबारी, शिवसताक्षी, बुद्धशान्ति , कनकाई र कमल गाउँपालिकामा २–२, गौरीगञ्जमा १ जना रहेका छन् । यस्तै, इलामको इलाम नगरपालिकामा ७, सुर्योदयमा ३, रोङ र फाकफोकथुममा १–१ जना छन् ।
उदयपुरको त्रियुगा र चौदण्डीगढीमा ५–५ र उदयपुर गढीमा १ जनामा संक्रमण पुष्टि भएको छ भने संखुवासभाको मकालुमा ३, पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको फिदिम, मिक्लाजुङ, फालेलुङ, हिलिहाङमा १–१, धनकुटाको महालक्ष्मी र धनकुटामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभनज्याङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ५१६ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार २३१ पुगेको छ ।













Discussion about this post