प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये मोरङमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २–२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १–१, स्थानीय तह नखुलेका ३ जना छन् ।
झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै, सुनसरीको इटहरीमा २, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा १–१, इलामको इलाम नगरपालिकामा २, माईजोगमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६८ जना डिस्चार्ज भएका छन् ।
होमआईसोलेसनबाट ३६५ र न्यूरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५८८ पुगेको छ ।













Discussion about this post