प्रदेश १ मा थप १३५ जना नया कोरोना संक्रमित थपिएका छन् । सङ्क्रमित हुनेमा मोरंगमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा ८, उदयपुर र संखुवासभामा २–२, पाँचथर, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा २६, सुन्दरहरैचामा ८, बेलबारीमा ६, बुढीगंगा, केराबारी र सुनबर्षीमा २–२, रतुवामाई, पथरीशनिश्चरे, धनपालथान, कानेपोखरी, रंगेली र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा १५, धरानमा १०, बराहक्षेत्रमा ३, रामधुनीमा २, हरिनगर, दुहवी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ५, शिवसताक्षी, विर्तामोड र झापा गाउँपालिकामा ४–४, मेचीनगर र बुद्धशान्तिमा ३–३ र भद्रपुरमा २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यसैगरि इलामको सुर्योदयमा ७, इलाम नगरपालिकामा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, संखुवासभाको मकालु र खाँदबारीमा १–१, पाँचथरको कुम्बायक, धनकुटाको महालक्ष्मी र खोटाङको साकेलमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९५५ पुगेको छ ।













Discussion about this post