नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका १ मा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ।
विप्लव समूहले एक प्रेस विज्ञप्ती जारी गर्दै श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ आरोप लगाएको छ।
प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटेर हत्या गरेको थियो।
उक्त समूहको मेची–कोशी ब्यूरोले मंगलबार साँझ विज्ञप्ती जारी गरी श्रेष्ठको हत्याबारे आफ्नो भनाइ सार्वजनिक गरेको गर्दै उनको मृत्युबारे खुलासा गरेको हो ।
श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको विप्लव समूहले दाबी गरेको छ।
उनले २०७६ फागुन २६ गते पार्टीको मेची–कोशी ब्यूरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ जनाएको छ ।

यो पनि – मिक्लाजुङमा विप्लव समूहले गोली हानेर प्रधानाध्यापकको हत्या














Discussion about this post