प्रदेश १ मा आज सबै भन्दा कम ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको भद्रपुर र दमकमा ७–७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, अर्जुनधारा र शिवसताक्षीमा २–२, बुद्धशान्ति र बाह्रदशीमा १–१ जना छन् । मोरंगको विराटनगरमा ९, बेलबारीमा २, सुनबर्षी, पथरीशनिश्चरे, सुन्दरहरैचा र उर्लाबारीमा १–१ जना छन् भने इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा ५, चुलाचुली र स्थाानीय तह नखुलेका १–१ जना रहेका छन् ।
सुनसरीको धरान र इटहरीमा ४–४, इनरुवामा ३, रामधुनीमा १, संखुवासभाको खाँदबारीमा ३, उदयपुरको त्रियुगामा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५०२ पुगेको छ ।
प्रदेश १ मा आज ६२ जना डिस्चार्ज भएका छन् ।













Discussion about this post