मोरङको मिक्लाजुङ–१ मा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्यापछि गाउँमा शोकका साथै त्रासको वातावरण सृजना भएको छ ।
वडाध्यक्ष नरबहादुर राईका अनुसार उक्त क्षेत्रमा ७ घर छन् । ती सबै घरमा मंगलबार बिहानदेखि चुलो बलेको छैन । स्थानीय श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले घरबाट अपहरणपछि घाँटी रेटेर हत्या गरेका थिए ।
राईका अनुसार यातायात समेत नपुगेको उक्त ठाउँका सबै घरपरिवारले असुरक्षित महसुस गरेका छन् ।
श्रेष्ठको मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएसँगै उनको आज बिहीबार अन्त्यष्टि गर्ने तयारी गरिएको छ । बक्राहा खोलाको घाटमा उनको अन्त्येष्टि गर्ने तयारी गरिएको उनले बताए ।
हत्याको जिम्मेवारी चन्द समूहले लिएपनि संलग्नको पहिचान हुन नसकेको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
यो पनि – सुराकी गरेका कारण प्रधानाध्यापकको हत्या, विप्लव समूहले जिम्मा लियो (विज्ञप्तीसहित)
यो पनि – मिक्लाजुङमा विप्लव समूहले गोली हानेर प्रधानाध्यापकको हत्या














Discussion about this post