मोरङको धनपालथान गाउँपालिका ४ बाट भन्सार चोरी पैठारी गरी भित्र्याइएको २ हजार ४६० केजी चिनी सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैँया बराबरको चिनी सहित रङ्गेली नगरपालिका १ का २१ वर्षीय अभिषेक कुमार शाह, धनपालथान गाउँपालिका १ का १७ वर्षीय दीपक कुमार मण्डल, १८ वर्षीय अर्जुन कुमार मण्डल र १९ वर्षीय रुपेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले चिनी ओसार पसार गर्न प्रयोग भएको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post