सरकारले उखु किसानका बक्यौता भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरेर असुलउपर गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री, उद्योग मन्त्री, कृषि मन्त्री र संघीय मामिला मन्त्रीको आज गृह मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
उद्योगीले लामो समयदेखि किसानका भुक्तानी नदिएको, किसान र सरकारसँग गत वर्ष भएको सम्झौता पालना नगरेको, सरकारबाट पाउने सहुलियत लिने तर किसानलाई मूल्य पनि नदिने गरेको, नेपालको चिनी थन्क्याएर आयात गर्ने अनि त्यही चिनी बाहिर पठाएर फेरि सुविधा लिएको, चिनी बिक्री गरेर पनि भुक्तानी रोकेको लगायत विषयमा छलफल भएको थियो ।












Discussion about this post