ग्याँस सिलिण्डरमा तौल कम गरेर बिक्री गरेको आरोपमा विराटनगरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज विराटनगर १४ महाला रोडका मनिष यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनले फोटोकपी तथा ग्याँस पसलमा एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँस तौल कम गरी बिक्री गरेको सूचना प्रहरीमा पुगेको थियो ।
यादवको पसलबाट ठूलो ग्याँस सिलिण्डर ११ थान, सानो ग्याँस सिलिण्डर २ थान, तौल मेसिन १ थान, रेगुलेटर २ थान, एयर लिंक गर्ने पाइप १ थान समेत बरामद गरिएको र पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।














Discussion about this post